Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामना अस्पताल निर्माण

नेकपा एसका नेता नरेन्द्र कङ्दङ्वा र स्वास्थ्यमन्त्री भवानी खापुङको पहलमा इच्छाकामना अस्पताललाई थप स्वास्थ्य सामाग्री जुट्दै

नेकपा एसका नेता नरेन्द्र कङ्दङ्वा र स्वास्थ्यमन्त्री भवानी खापुङको पहलमा इच्छाकामना अस्पताललाई थप स्वास्थ्य सामाग्री जुट्दै

इच्छाकामना न्युज

९, भाद्र २०७९
नेकपा एसका नेता नरेन्द्र कङ्दङ्वा र स्वास्थ्यमन्त्री भवानी खापुङको पहलमा इच्छाकामना अस्पताललाई थप स्वास्थ्य सामाग्री जुट्दै
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले छिट्टै संचालनमा ल्याउन लागेको इच्छाकामना अस्पतालका लागि स्वास्थ्य सामाग्री जुट्दै गएको छ । इच्छाकामना गाउँपालिकाको विशेष आग्रहमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका जिल्ला नेता नरेन्द्र कङ्दङ्वा सहितको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङसँग केहिदिन पहिले भेटवार्ता गरेको थियो।

images
images

300045750_2769497603185265_8526705704979721969_n (1).jpg

सोहि भेटवार्ता पश्चात मन्त्री खापुङ आपैmले इच्छाकामना गाउँपालिकाको लागि विशेष सक्रियता देखाई तत्काल इच्छाकामना अस्पतालका लागि आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गरि पठाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए।

300396825_2769497919851900_242649908555665119_n.jpg

मन्त्रीको निर्देशन सँगै पहिलो चरणमा इच्छाकामना अस्पतालको लागि सोमबार मात्रै झण्डै ५० लाख बराबरको स्वास्थ्य सामाग्री गाउँपालिकामा आईपुगेको थियो। जसमा साढे ३६ लाख मुल्य बराबरको नयाँ डिजिटल एक्स–रे मेसिन, बेड, मोनिटर र केहि औषधीहरु रहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए।

अध्यक्ष गुरुङका अनुसार नेता कङ्दङ्वा र मन्त्री खापुङको पहलमा अस्पतालको लागि आवश्यक अन्य स्वास्थ्य सामाग्री आउने तयारीमा रहेको छ भने मन्त्रालयबाटै चिकित्सकको समेत व्यवस्था गर्ने तयारी भैरहेको छ।

300434916_2769492236519135_4867220977888792826_n (1).jpg

पछिल्लो समय गाउँपालिकाले सबैपक्षसँगको सहयोगमा इच्छाकामना अस्पताल संचालनका लागि तिव्र तयारी गरिरहेको छ। गाउँपालिकाले भदौ मसान्त भित्रमा चिकित्सकको नियुक्ती गरि आवश्यक प्रक्रिया पु¥याई १५ बेडको इच्छाकामना अस्पताल संचालन गर्न लागेको अध्यक्ष गुरुङले बताए।

सुरुवातमा हाल गाउँपालिका प्राङ्गणमा रहेको दारेचोक स्वास्थ्य चौकीको भवन र सँगै निर्माण गरिएको संरचनामा अस्थायी रुपमा अस्पतालको सेवा संचालन गरिनेछ भने अस्पतालको छुट्टै नयाँ भवन निर्माण भएपछि स्थायी रुपमा सेवा संचालन गरिनेछ । 

300685901_588504899485755_5310315681731988689_n.jpg

यस्तै मन्त्री खापुङको निर्देशनमा इच्छाकामना गाउँपालिकालाई मोबाईल भिडियो एक्स–रे मेसिन समेत केहि समय पहिले उपलब्ध भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले बताए। सोही मेसिनले अहिले गाउँ टोलमै पुगेर स्वास्थ्यकर्मीहरुले गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण गर्ने काम गरिरहेको उनले बताए।

301412102_796233701410844_2353620121262691941_n.jpg

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - १४:२२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology