फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना विरूद्धको खोप (भ्याक्सिन ) ओमान पनि पु¥याइएको छ । पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमान मार्फत ओमानमा लगिएको हो ।
पहिलो व्याचमा १५ हजार ६ सय डोज खोप ल्याईएको ओमानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर ओमानले भाइरस विरूद्ध फाइजर र बायोएनटेकले निर्माण गरेको खोप खरिद गरेको मन्त्रालयलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मन्त्रालयले भोलीदेखि खोप अभियान सुरु गर्ने जनाएको छ । यस अभियानको नेतृत्व त्यहाँका स्वास्थ्यमन्त्री डा. अहमद बिन मोहम्मद अल सईदीले गर्नुहुने छ ।