Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपाली मौलिक कथामा बनेको चलचित्र ‘घरजम’ क्यानडामा प्रदर्शन हुँदै

नेपाली मौलिक कथामा बनेको चलचित्र ‘घरजम’ क्यानडामा प्रदर्शन हुँदै

इच्छाकामना न्युज

१३, भाद्र २०७९
नेपाली मौलिक कथामा बनेको चलचित्र ‘घरजम’ क्यानडामा प्रदर्शन हुँदै

क्यानडा । क्यानडाको काल्गेरीमा नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ प्रदर्शन हुने भएको छ । याक्थुङ इमर्जेन्सी रिलिफ फन्डको आयोजनामा याक्थुङ चुम्लुङ एसोसिएसन काल्गेरी र किरात याक्थुङ चुम्लुङ काल्गेरीसंग सहकार्य गर्दै ग्लोब सिनेमा हलमा आसोज ‌‌‌‌‌२ गते आइतबारका दिन प्रदर्शन हुन लागेको हो ।

images

रोमियो फिल्मस् प्रा. लि.को ब्यानरमा बनेको फिल्मका निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् । सो बाट उठेको रकम मध्ये केही रकम याक्थुङ आपतकालिन राहत कोषमा जम्मा गर्ने निर्माता किशोर कुमार लिम्बूले बताए ।

फिल्ममा भरतमणी पौडेल, बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, लक्ष्मी योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ आदिको अभिनय रहेकोछ ।

मौसम लिम्बुले निर्देशन गरेको चलचित्रलाई युवराज राइले छायांकन गरेका छन् भने फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन्।

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - ०९:४६:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology