Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेकपा विभाजनपछि चिनियाँ चासो, अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ नेपाल आउँदै 

नेकपा विभाजनपछि चिनियाँ चासो, अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ नेपाल आउँदै 

इच्छाकामना न्युज

१२, पौष २०७७
नेकपा विभाजनपछि चिनियाँ चासो, अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ नेपाल आउँदै 
images

काठमाण्डौ, १२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादमा चीनले चासो राखेको छ । नेकपाको विभाजनपछिको परिस्थिति आँकलन गर्न चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदै छ। अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वको प्रतिनिधिमण्डल चार दिने भ्रमणका लागि आज नेपाल आउन लागेको हो । 
उपमन्त्री गुओ राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद् विघटन गरेपछि नेपाल आउने पहिलो विदेशी अधिकारी हुनुहुन्छ। उहाँको टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र काँग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ। 
यद्यपि, भेटवार्ताको कार्यतालिका भने सार्वजनिक भएको छैन। नेकपाका अध्यक्षद्वय प्रचण्ड–माधव नेपाल समूहको विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ दूतावासले नेता गुओको भ्रमणबारे जानकारी गराएको बताउनुभयो। यसअघि, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि संसद विघटनपछि राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ । 
पुस ५ मा संसद विघटन भएपछि उहाँले नेकपा नेता माधवकुमार नेपाल,  कृष्णबहादुर महरा, अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनलाई भेटेर छलफल गरिसक्नुभएको छ । 

images
images

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ०९:००:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology