भारत । अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषद् (आइटीसी) को आयोजनामा भारतको सिक्किम आगामी अक्टोबर ११, १२ र १३ तारिखको दिन हुने दोस्रो अन्तर्राष्ट्रिय तमू सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनकै तयारीको लागि मंगलबार भारतको देन्ताम बजार ट्रि रेष्टुरेण्टमा परिषद्को सभा बसेको छ।
अन्तर्राष्ट्रिय तमु परिषद, अखिल भारतीय गुरुङ (तमु) बौद्ध संघ र गुरुङ एसोसिएसन अफ् सिक्किमको संयुक्त संयोजनमा सभा बसेको हो। सभालाई सिक्किम राज्य बैंकका अध्यक्ष डीबी गुरुङको सभापतित्व गरेका थिए।

सभामा अन्तर्राष्ट्रिय तमु परिषदका अध्यक्ष कर्ण बहादुर गुरुङ (नेपाल), प्रमुख संरक्षक आइटीसी रेशम गुरुङ (नेपाल), अखिल भारतीय गुरुङ (तमु) बौद्ध संघका अध्यक्ष आनन्द गुरुङ, गुरुङ एसोसिएसन अफ् सिक्किमका अध्यक्ष पीएम गुरुङ, मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराज, सिक्किम सरकार अन्तर्गत विभिन्न विभाग र बोर्डका अध्यक्षगण क्रमशः नवराज गुरुङ, नर्पत गुरुङ, महेन्द्र गुरुङ, जिल्ला पञ्चायत उपाध्यक्ष अशोक गुरुङ, पूर्व विधायक दिपक गुरुङ, नेपालसहित छिमेकी राज्य पश्चिम बंगालको प्रतिनिधिगण, गुरुङ समुदायको बौद्धिक व्यक्तित्व, सिक्किम सरकारका वर्तमान र सेवानिवृत्त वरिष्ठ सरकारी अधिकारीवर्ग र राज्यका ठाउँ(ठाउँबाट गुरुङ समुदायको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सभामा उपस्थित धेरै प्रतिनिधिहरुले आउँदो सम्मेलनलाई सफल तुल्याउन आ–आफ्नो अभिमत प्रकट गरेका थिए