तनहुँ । स्थानीय तह संचालनमा निकै दख्खल मानिएका शाखा अधिृकत विष्णुप्रसाद पोखरेल तनहुँको घिरिङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुपमा सरुवा भएर आएका छन्। उनले घिरिङमा बुधबारदेखि कार्यभार सुरु गरेका हुन्। पोखरेल कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सरुवा भई आएका हुन् ।

यसअघि तनहुँकै आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत उनी कास्की सरुवा भएका थिए । त्यसअगाडी पोख्रेल रुपा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।
घिरिङमा कार्यभार सुरु गर्दै गाउँपालिकालाई नमूना बनाउन जनप्रतिनिधि र कर्मचारीसँग मिलेर काम गर्ने बताए ।
पोख्रेललाई गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी लगायत कर्मचारीले स्वागत गरेका थिए ।
आँबुखैरेनीमा प्रमुख प्रशासकीय अधिकृत हुँदा प्रशासकीय भवन निर्माण, वडा वडामा आधारभूत स्वास्थ्य केन्द्र भवन, वडा कार्यालय भवन निर्माणमा पोख्रेलको पहल थियो ।