Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

१५ बर्षपछि फेरियो रेडियो तनहुँको नेतृत्व

१५ बर्षपछि फेरियो रेडियो तनहुँको नेतृत्व

images

इच्छाकामना न्युज

९, आश्विन २०७९
१५ बर्षपछि फेरियो रेडियो तनहुँको नेतृत्व
images

दुलेगौँडा । तनहुँ सुचना समाज सहकारी संस्था मार्फत सञ्चालनमा आएका रेडियो तनहुँ ९७.२ मेगाहर्जको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ चयन भएका छन् । रेडियो प्रशारणमा आएको १५ बर्षपछि सञ्चालक समितिको नेतृत्व परिवर्तन भएको हो । शनिबार शुक्लागण्डकी नगरपालिका स्थित झरौटामा सम्पन्न भएको १५ औँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन मार्फत श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा रेशमलाल पौडेल, सचिवमा लालबहादुर श्रेष्ठ, कोषाध्यक्षमा सुजनकुमार श्रेष्ठ र सह सचिवमा नारायणदत्त अधिकारी चयन भएका छन् ।

11.jpg

यस्तै सदस्यहरुमा समुन्द्रराम श्रेष्ठ, रामकुमार श्रेष्ठ, उमाकान्त श्रेष्ठ, पूर्णबहादुर थापा, यामबहादुर खाँण, राजेश्वर खनाल, सुन्दर बस्याल र बलराम मिश्र रहेको छन् । अधिवेशन मार्फत गायत्रीप्रसाद पौडेलको संयोजकत्वमा हुमबहादुर खड्का, माधव प्रसाद अधिकारी, सुरजकुमार श्रेष्ठ र कुलप्रसाद गुरुङ सदस्य रहने गरि लेखा समिति गठन गरिएको छ । अधिवेशनले रेडियोको स्थापनाकालदेखि अध्यक्ष भई कार्यकाल सम्हालेका प्रा.डा. चन्द्रबहादुर थापालाई संरक्षकका रुपमा राख्ने निर्णय समेत गरेको सचिव श्रेष्ठले जानकारी दिए । 

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०९:४३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology