आँबुखैरेनी, १६ पुस । पर्यटकीय सम्भावना बोकेको आँबुखैरेनी–३, आँबुकोट गाउँमा १ सय ५० मिटर सडक ढलान गरिएको छ । गत कार्तिक २३ गते देखि ढलान कार्य सुरु गरिएको सडकमा मंसिर ९ गते ढलान कार्य सकिएको हो ।
आँबुखैरेनी गाउँपालिकाको ३ लाख, स्थानीयको ६२ हजार ४ सय बराबरको श्रमदान र रुद्र बहादुर दर्लामीको ५० हजार रुपैंयाको सहयोगमा आँबुकोट गाउँमा सडक ढलान गरिएको आँबुकोट गाउँ निर्माण उपभोक्ता समितीका सचिव पदम थापा मगरले बताउनुभयो ।

सडक ढलान पछि गाउँमा सजिलै यातयातका साधन पुग्ने भएपछि स्थानीयबासीलाई सहज भएको छ । यस अघि सडकमा ढलान नहुदा स्थानीयले बर्षायाममा तथा रातको समयमा बाटो र अन्य समयमा ढुवानीको समस्या झेल्दै आएका थिए ।
यसैबीच, आज एक कार्यक्रमको आयोजना गरी आँबुकोट गाउँ निर्माण उपभोक्ता समितीका पुर्ब कार्य समितिलाई मायाको चिनो दिएर बिदाई तथा नयाँ कार्य समितिलाई खादा ओडाएर स्वागत गरिएको अनुगमन समितिका संयोजक मदन आले मगरले जानकारी दिनुभयो ।