Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आज देखि तनहुँको बिमलनगरबाटै सवारी चालक अनुमति पत्र लिन सकिने

आज देखि तनहुँको बिमलनगरबाटै सवारी चालक अनुमति पत्र लिन सकिने

images

इच्छाकामना न्युज

६, कार्तिक २०७९
आज देखि तनहुँको बिमलनगरबाटै सवारी चालक अनुमति पत्र लिन सकिने
images

तनहुँ । सवारी चालक अनुमति पत्र लिन कै लागि अब टाढा जानु नपर्ने भएको छ । तनहुँको बिमलनगरमा रहेको यातायात ब्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रका लागि आजदेखि आवेदन खुला गरेको छ । लाइसेन्सको लागि अनलाइन मार्फत जो कोहीले पनि आवेदन दिन सकिन कार्यालयका निमित्त प्रमुख विष्णु बहादुर क्षेत्रीले जानकारी दिए ।

आवेदन खुला गरिएसंगै तनहुँ, लमजुङ, गोरखा, चितवन लगाएतका सेवाग्राहीलाइ सवारी चालक अनुमति पत्रलिन सहज हुने भएको छ । यस अघि यस क्षेत्रका सेवाग्राही सवारी चालक अनुमति पत्र लिन पोखरा, काठमाण्डौ, विरगञ्ज, हेटौडामा रहेको कार्यालयबाट सवारी चालक अनुमति पत्र लिनुपर्ने बाध्यता रहदै आएको थियो ।

कार्यालयबाट ए वर्गमा पर्ने मोटरसाइकल, स्कुटर र मोपेड, के वर्ग अन्तर्गतको स्कुटर, बि वर्ग अन्तर्गतको कार, जीप, डेलिभरी भ्यानको लागि अहिले सवारी चालक अनुमति पत्र दिइने छ ।

भौतिक पूर्वधार मन्त्रालय र विभागमा सी वर्ग अन्तर्गतको टेम्पो, अटो रिक्सा, जे १ वर्ग अन्तर्गतको एक्स्काभेटर, जे २ वर्ग अन्तरगतको ब्याकहुक लोडर र इ वर्ग अन्तर्गतको ट्याक्टरको समेत सवारी चालक अनुमति पत्र वितरण गर्न अनुमतिको लागि समेत प्रक्रिया थालिएको छ । तर, अनुमति पाए पनि चार वर्गको सवारी चालक अनुमति पत्र वितरणको प्रक्रिया तत्काल सुरु नहुने कार्यालय प्रमुख क्षेत्रीले बताए ।

312583538_667535204718186_408051734966405662_n1-908x1024.jpg

सवारी चालक अनुमति पत्रको लागि साताको तीन दिन परीक्षा सञ्चालन हुने छ । लिखित परीक्षा सञ्चालनको लागि कार्यालय भवनमानै ठाउँ तयार गरिएको छ । ‘लिखित परीक्षा सञ्चालनको लागि कार्यालय भवनमानै ठाउँ तयार गरेका छौ’, प्रमुख क्षेत्रीले भने,‘ट्रायल भने निजी क्षेत्रले निर्माण गरेको ट्रायल सेन्टरमा हुने छ ।’

यातायात व्यवस्था सेवा कार्यालयबाट यस अघि सवारी साधनको दर्ता, नामसारी, सवारी दर्ता प्रमाण पत्र नवीकरण रुट परमिट जारी गर्ने नवीकरण गर्ने सवारी साधनको जाँच पास गर्ने, सवारी चालक अनुमति पत्रको नवीकरण लगायतको काम हुँदै आएको कार्यालयका मेकानिकल सुपरभाइजर सुवर्ण बरालले बताए ।

images
प्रकाशित मिति :कार्तिक ६, २०७९ आइतवार - २१:५०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology