Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

जुत्ता प्रहार

सुर्खेतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार !

सुर्खेतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार !

इच्छाकामना न्युज

२३, कार्तिक २०७९
सुर्खेतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार !
images

काठमाडौं । चुनावी दौडाहाका क्रममा सुर्खेत पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन ।

images
images

कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले भने जुत्ता प्रहार हुनै लाग्दा रोकेको दाबी गरेको छ ।

प्रचण्डसहितको टोली मंगलबार जुम्ला, हुम्ला र कालीकोटका विभिन्न स्थानमा भएको गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर सुर्खेत झरेका थिए । जुत्ता प्रहार गर्ने युवाको परिचय खुलाइएको छैन ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अवलचिंगस्थित प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । इमेज खबरबाट

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - ०९:१४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology