Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

न्यानो ल्होसार कार्यक्रम लिएर मिलीजुली तमु समाज काठमाण्डौ पुग्यो धादिङ चोतेसको चेपाङ बस्तीमा 

न्यानो ल्होसार कार्यक्रम लिएर मिलीजुली तमु समाज काठमाण्डौ पुग्यो धादिङ चोतेसको चेपाङ बस्तीमा 

झण्डै ५ लाख बराबरको खाद्यान्न तथा लत्ता कपडा वितरण

इच्छाकामना न्युज

१८, पौष २०७७
न्यानो ल्होसार कार्यक्रम  लिएर मिलीजुली तमु समाज काठमाण्डौ पुग्यो धादिङ चोतेसको चेपाङ बस्तीमा 
images

धादिङ, १८ पुस । न्यानो ल्होसार कार्यक्रम लिएर मिलिजुली तमु (गुरुङ) समाज काठमाण्डौ धादिङको चेपाङ बस्तिमा पुगेको छ। समाज न्यानो ल्होसार कार्यक्रम लिएर आज धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका २, चोतेसमा रहको चेपाङ्ग बस्तिमा पुगेको हो। 

images
images

134614428_437406394309345_352004946307387090_n.jpg
न्यानो ल्होसार कार्यक्रम अन्तर्गत समाजले झण्डै ५ लाख मूल्य बराबरको खाद्यान्न सामाग्री, न्यानो कपडा, साना बालबालिकाको लागि शैक्षिक सामाग्री लगायतका सामाग्रीहरु चेपाङ बस्तीमा लगेर बितरण गरेको छ।  समाजले चेपाङ बस्तिमा रहेका ५७ घर परिवारलाई परिवार अनुसार १ हजार १ सय ९० केजी चामल, २ सय ८५ केजी दाल, १ सय ७७ लिटर खाने तेल, ५९ केजी नुन, नयाँ चाईनिज कम्बल ७७ थान, ५७ घरका ३ सय १२ जना बालबालिका, युवा र वृद्ववृद्वाको लागि ३–४ जोर न्यानो कपडा, २८ लगायतका सामाग्री वितरण गरेको समाजका महासचिव राजु गुरुङले जानकारी दिनुभयो। 

133518692_5474508642574792_3881100279399125789_n.jpg
यस्तै समाजले १० जना सुत्केरी महिलालाई २ हजार २ सय बराबरको सुत्केरी विशेष प्याकेज, ५ वर्ष मुनीका बालबालिका र ६० वर्ष भन्दा माथिको प्रौढ ६० जनालाई प्रति व्यक्ति २ प्याकेट विशेष पौष्टिक आहार , २८ क्रेट अण्डा समेत वितरण गरेको छ। यसैगरि ८५ जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी २ थानको दरले १ सय ७० थान सुईटर, ८५ थान स्कुल कमिज, ८५ थान स्कुल ट्राउजर, ८५ थान निलो उनको टोपी, ८५ थान ज्याकेट, ८५ थान चप्पल र १०० जना बालबालिकाहरुको लागि एक हप्तासम्म पुग्ने विशेष खाजा प्याकेट समेत उपलब्ध गराएको छ।

133607605_156596782581291_281452615904154527_n.jpg
उक्त सामाग्री मिलिजुली तमु (गुरुङ) समाज काठमाण्डौको संयोजकत्वमा लायन्स क्लव अफ काठमाण्डौ हेरिटेज धरहरा र फेदिखोला समाज युकेको सहकार्यमा संकलित ४ लाख ८० हजार ७ सय १० रुपैयाँ बराबरको खरिद गरि वितरण गरेको हो। सामाग्री वितरणका लागि समाजका महासचिव राजु गुरुङ, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार ई. कृष्ण बहादुर गुरुङ, लायन्स क्लव अफ काठमाण्डौ हेरिटेज धरहराका अध्यक्ष प्रसाद गुरुङ लगायतका प्रतिनिधीहरु चोतेसको चेपाङ्ग बस्ती पुगेको थियो।

133721833_410859623493093_6822387603219428454_n.jpg134391049_3843562502355849_2228967396805761228_n.jpg133795851_471021157632837_9206732612947009480_n.jpg

images
प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - २०:००:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology