Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा दिन थाल्यो

कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा दिन थाल्यो

इच्छाकामना न्युज

१८, पौष २०७९
कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा दिन थाल्यो

चितवन । कालिका नगरपालिकाले स्थापना गरेको नगर अस्पतालले भिडियो एक्सरे सेवा सुरु गरेको छ। तत्कालका लागि दुई दिन (आइतबार र बिहीबार) अस्पतालले भिडियो एक्सरे सेवा दिने अस्पतालले जनाएको छ। आइतबारदेखि सुरु भएको सेवाअन्तर्गत पहिलो दिन नै सातजनाको एक्सरे गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए।

images

नगरपालिकाकै मातहतमा सञ्चालित अस्पतालले चौबीसै घण्टा सेवा दिने गरी सेवा सुरु गरिएको उनले बताए। अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सकेसम्मको प्रयास गरिने उनले बताए। अस्पतालको लागि हाल पाँच जना चिकित्सक र दुईजना स्टाफ नर्स कार्यरत छन्। 

अस्पतालमा औषधिको अभाव हुन नदिन ५९ लाखको औषधि टेन्डर प्रक्रियामार्फत खरिद गरिएको नगर प्रमुृख रेग्मीले जानकारी दिए। अस्पतालले आफ्नै ल्याब प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ। ‘सामान्य बिरामीले स्वास्थ्योपचारका लागि भरतपुर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ,’ नगर प्रमुख रेग्मीले भने। 

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - १८:५७:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology