Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

संस्कृति जोगाउन कौराहा प्रतियोगिता गर्दै मगर साँस्कृतिक संघ चितवन

संस्कृति जोगाउन कौराहा प्रतियोगिता गर्दै मगर साँस्कृतिक संघ चितवन

इच्छाकामना न्युज

२१, पौष २०७९
संस्कृति जोगाउन कौराहा प्रतियोगिता गर्दै मगर साँस्कृतिक संघ चितवन

चितवन । नेपाल मगर साँस्कृतिक संघ चितवनले भरतपुरमा प्रथम मौलिक कौराहा (कानराहा) प्रतियोगिता गर्ने भएको छ । संघले बिहिबार पत्रकार सम्मेलन गरेर पुस २३ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । 

images

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका अध्यक्ष ठाकुर सिं आलेमगरले चितवनमा मगर समुदायको बसोबास बाक्लिँदै गएको र मगर साँस्कृतिक संघ चितवनले संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेकोमा जिल्ला र व्यक्तिगत तर्फबाट सहयोग रहने बताए।

प्रतियोगिता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । अहिलेसम्म ६ वटा समूहले भाग लिइसकेको संघका उपाध्यक्ष रमेश रानामगरले जनाएको छ । 

प्रतियोगितामा सहभागि हुन चाहाने समूहको लागि दर्ता शुल्क दुई हजार तोकिएको छ । मुल्यांकनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखिने रानामगरले बताएका छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कार फागुन १५ गते मगर दिवसको दिन प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रथम हुनेलाई पुस २५ देखि माघ ४ गतेसम्म हुने चितवन महोत्सवमा नेपाल मगर संघ चितवनको प्रतिनिधित्व गरी कौराहा नृत्य प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ । कार्यक्रम सम्पन्न गर्नको लागि करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान संघको छ । 

कार्यक्रमको लागि भरतपुर महानगरपालिका वडा नंं. ७ ले सहयोग गरेको छ । सो कार्यक्रममा नेपाल मगर संघ प्रदेश ३ का मुख्य सचीव मिलन थापामगर, नेपाल मगर संघका चितवन जिल्लाका सह सचीव भिम बहादुर थापामगर, फोनिज चितवनका उपाध्यक्ष तुलमान गुरुङ, फोनिज चितवनका कोषाध्यक्ष सुनिल श्रेष्ठ, फोनिज चितवनका सह सचीव सबिता दराई, तामाङ पत्रकार संघ चितवन अध्यक्ष बबिलाल तामाङ, नेवा पत्रकार संघ चितवनका अध्यक्ष अनुज जोशी, नेपाल मगर पत्रकार संघ चितवनका सल्लाहकार ईश्वर रानामगर लगायतको उपस्थिति रहेको थियो भने नेपाल मगर साँस्कृतिक संघ चितवनका अध्यक्ष प्रेमकुमारी आले मगरको अध्यक्षता सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - २१:४१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology