गोरखा – गोरखाको गण्डकी गाउँपालिकाले ५ वर्षभित्र सय किलोमिटर पक्की सडक निर्माण गर्ने रणनीतिक योजना अघि सारेको छ। पालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले आफ्नो कार्यकालभित्र सय किलोमिटर पक्की सडक निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

शुक्रबार पालिका केन्द्रमा आयोजित सार्वजनिक सुनाई तथा प्रथम चौमासिक खर्च सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले पालिकाले वडा गौरवको योजना र थप अन्य योजना मार्फत ५ वर्षमा पालिकाभित्र सय किलोमीटर पक्की सडक निर्माण सम्पन्न गरिने बताए ।पालिकाभित्र सय किलोमिटर पक्की सडक निर्माण गर्ने उदेश्य रहेको बताउदै अध्यक्ष साकारले त्यसको लागि पलिकाले योजना तर्जुमा गरिरहेको समेत बताए ।
अध्यक्ष साकारले पालिकाले पालिकावासीको समस्यालाई सधै केन्द्रमा राखेको बताउदै वडा रणनीति योजना मार्फत समृद्ध गण्डकी बनाउने वताए । पलिकाको विकासको लागि संघ, प्रदेशमा पहल भइरहेको उल्लेख गरे । संघ र प्रदेशबाट हुने यहाँको विकास निर्माण बारे स्थानिय तहलाई जानकारी हुनुपर्ने बताए ।