गोरखा । पत्रकार केशव गुरुङ सम्मानीत भएका छन् । सर्भे सुलभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको धार्चे ४ लाप्राकको पहिलो वार्षिक साधारण सभाको अवसरमा पत्रकार महासंघ गोरखाका सह सचिव एवं तमु संचारकर्मी संघका केन्द्रिय सदस्य गुरुङलाई सम्मान गरेको हो ।
धार्चे ४ लाप्राकका केशब गुरुङ ५ वर्षयता गोरखाका सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनी दरौँदी दैनिक, रेडियो गोरखा र नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।
उत्तरी गोरखाको धर्म संस्कृती कला र रितिरिवाजलाई सञ्चारको माध्यामबाट जर्गेना गर्ने काममा अतुलनीय योगदान गरेको भन्दै सहकारीले सम्मान गरेको हो । सहकारीका अध्यक्ष सन्तोष गुरुङले पत्रकार गुरुङलाई दोशल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।
सहकारीले साधारण सभाको अवसरमा गोरखा जेसिजका अध्यक्ष धार्चे ४ का पुस्कर गुरुङ, आरुघाट गाउँपालिकाका सर्वोच्च शिखर समगरमाथा आरोही यानबहादुर थापा, धार्चे गाउँपालिका ४ का निर्वतमान वडा अध्यक्ष राज गुरुङलाई सम्मान गरेको हो । सहकारीका अध्यक्ष सन्तोष गुरुङले उनीहरुलाई सम्मान गरेका हुन् ।







