Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जीवित शिशुलाई डाक्टरले मृत घोषणा गरेपछि...

जीवित शिशुलाई डाक्टरले मृत घोषणा गरेपछि...

जीवित शिशुलाई डाक्टरले मृत घोषणा गरेपछि...

विराटनगर – विराटनगरस्थित कोसी अस्पतालले उपचारका लागि ल्याइएकी १८ दिने शिशुलाई जीवित छँदै मृत घोषणा गरेर घर फर्काइदिएको छ । मोरङको जहदा गाउँपालिका– ३ भाथीगन्जीका दिलीप मुखिया र उनकी पत्नी उमाले श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार बिहान छोरीलाई कोसीको इमर्जेन्सीमा लगेका थिए । तर, ड्युटीमा रहेका मेडिकल अफिसर डा। आकाश यादवले धड्कन बन्द भइसकेको भन्दै छोरी फिर्ता लैजान भनेपछि अस्पतालमै उनीहरूसहित आफन्तको रुवाबासी चल्यो ।

images


आफू सम्हालिँदै र बिलौना गरिरहेकी पत्नीलाई सम्झाउँदै दिलीप छोरीलाई लिएर घर फर्किए । घरमा झन् धेरै रुवाबासी चल्न थाल्यो । दाहसंस्कारका लागि तयारी चल्दै गर्दा अकस्मात् शिशुका हातगोडा चलमलाएपछि परिवारले तत्काल विराटनगरकै गोल्डेन अस्पताल पुर्‍यायो जहाँ अहिले दिलीपकी १८ दिने छोरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 


‘छोरी सिकिस्त भएपछि बिहान कोसी अस्पतालको इमर्जेन्सीमा पुर्‍यायौँ । डाआकाश यादवले हामीलाई छोरीको सास छैन, धड्कन चल्न छाडिसक्यो, घर लैजानु भने । डाक्टरको घोषणापछि आफन्तहरूको पनि रुवाबासी चल्यो । त्यसपछि दाहसंस्कारको तयारी गर्ने योजना बनाएर हामी निराश हुँदै घर फर्कियौँ,’ दिलीपले भने, ‘तर, घर पुगेपछि त छोरीका हातगोडा चलमलाए ।’ त्यसपछि छोरीलाई तत्काल गोल्डेन अस्पताल पुर्‍याएको उनले बताए । सुरुमा सघन उपचार कक्ष (आइसियू) मा उपचार गरिएकोमा पछि भेन्टिलेटरमा सारिएको दिलीपले बताए । 

 

उमा १७ पुसमा कोसी अस्पतालमै नर्मल सुत्केरी भएकी थिइन् । एक केजी चार सय ग्रामकी छोरी र आमा दुवै स्वस्थ रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेको थियो । त्यसपछि उमा विराटनगर– ८, मधुमारास्थित माइतीमा बस्दै आएकी थिइन् । तर, बुधबार अचानक छोरीको श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्सचालकसमेत रहेका दिलीपले बिहान आमाछोरीलाई कोसीको आकस्मिक कक्षमा पुर्‍याएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

images
प्रकाशित मिति :माघ ५, २०७९ बिहिवार - ०८:४२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology