गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा न ६ भुम्लिचोकमा अवस्थित भैरवी चउर संरक्षणमा भुम्लिचोक युवा क्लब पछिल्लो समय लागि परेको छ । पर्यटकीय सम्भावना बोकेको उत्त चउरमा पछिल्लो समय क्लबले आगन्तुकहरुलाई लक्षित गरे ८ वटा बेन्च राखेको छ । क्लबले प्रत्येक वर्ष दशैको अवसरमा उत्त चउरमा फुटबल प्रतियोगिता समेत गर्दै आएको छ । त्यसका साथै विभिन्न समयमा जनचेतनामूललक कार्यक्रम समेत गर्दै आएको छ । स्थानीय पालिका र वडासँग सहकार्य गरेर स्थानीय सडकहरु समेत सरसफाई गर्दै आएको छ ।
पछिल्लो भुम्लिचोकको भैरवी चउर, भैरवी मन्दिर देशी तथा विदेशी पर्यटकहरुको लागि नयाँ गन्तव्यको रुपमा समेत विकास हुदै गएको छ । आन्तरिक पर्यटकहरुको पिकनिक स्पर्टको रुपमा समेत उत्त स्थानको प्रयोग हुदै आएको छ । क्लबका अध्यक्ष भरत गुरुङका अनुसार आगन्तुकहरुलाई सहजताको लागि क्लबले बेन्चको व्यवस्था गरेको बताए । निकट भविष्यमा अन्य पक्षहरुलाई पनि विकास गर्दै लाने क्लबका अध्यक्ष गुरुङले इच्छाकामना न्युजलाई बताए । उत्त स्थान चितवन जिल्लाको फिस्लिङबाट १० किलोमिटरको कच्चि सडकको यात्रा पछि पुग्न सकिन्छ ।
