Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँ स्थित राधा माविको ४२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

तनहुँ स्थित राधा माविको ४२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

images

इच्छाकामना न्युज

१०, माघ २०७९
तनहुँ स्थित राधा माविको ४२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
images

तनहुँ । राधा माध्यामिक विद्यालयको ४२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष छविलाल श्रेष्ठको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । 

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी श्रीप्रसाद श्रेष्ठले अवको शिक्षा व्यवहारिक शिक्षा हुनुपर्ने वताए । राधा माविले म्याग्दे गाँउपालिकाको शिक्षाको हकमा धेरै ठुलो योगदान गरेको हुदाँ अवको शिक्षा व्यवहारिक हुनुपर्ने वताए । सैदान्तिक शिक्षाले मात्र समाज रुपान्तरण नहुने हुदाँ अव प्राविधिक शिक्षा, अर्थात सिपमुलक शिक्षाले मात्र परिवर्तन सम्भव हुने वताए । सिपमुलक शिक्षाले कोही पनि वेरोजगार वन्नुपर्ने अवस्था नभएको हुदाँ अवको शिक्षा त्यही दिशातर्फ उन्मुख हुनुपर्ने वताए ।

सो अवसरमा प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शिक्षामा योगदान दिनका लागी  पालिकाले नै विद्यालयलाई आवश्यक पर्ने वस खरिदका लागी ४० प्रतिशत अनुदान व्यवस्था गरिएको वताए । सवैको साथ र सहयोगले विद्यालयका लागी आवश्यकीय वस खरिद गर्न सकिने हुदाँ सहयोग गर्न समेत अनुरोध गर्नुभएको थियो । 

326907415_594157575875106_2401242697472934722_n.jpg

कार्यक्रमका विशिष्ट अतिथी म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जीवनको मुख्य पाटो शिक्षा नै भएको वताए । शिक्षा विना समाज परिवर्तन हुन सक्दैन । अवको शिक्षा गुणस्तरीय शिक्षा र उपलव्धीमुलक हुनुपर्ने वताए । राधा मावि का विद्यार्थीले देश र समाजमा धेरै ठुलो योगदान गरेको छ । यसका लागी यहाँको शैक्षिक व्यक्तित्वहरुको धेरै ठुलो योगदान भएको छ, विद्यालयलाई यहाँसम्म ल्याउन भुमिका खेल्नेलाई धन्यवाद दिन चाहन्छु, उपाध्यक्ष घिमिरेले वताए । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक प्रतिवेदन पेश गरेका थिए ।  सो कार्यक्रममा म्याग्दे गाँउपालिकाका शिक्षा शाखाका प्रमुख वुद्धिसागर खनाल, म्याग्दे २ का वडाध्यक्ष शिव वहादुर रानाभाट, राजनैतिक दलका प्रतिनिधीहरु, समाजका अगुवा तथा वौद्धिक वर्ग, विद्यार्थीहरुले धारणा राखेका थिए । 

शिक्षक रामभक्त रानाभाटले संचालन गरेको सो कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम तथा खेलकुद प्रर्दशन गरिएको थियो । 

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १९:५८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology