चितवन । गुरुङ समुदायको धार्मिक संस्थाको रुपमा परिचित तमू प्ये ल्हु संघ चितवनले आफ्नो स्थापना दिवस मनाएको छ । मंगलबार चितवन स्थित जलदेवी सामुदायिक वन आपटारीको पिकनिक स्थलमा एक कार्यक्रमको आयोजना गरि संघले २० औं स्थापना दिवस मनाएको हो ।
संघको अध्यक्ष लालप्रसाद गुरुङको अध्यक्षता तथा संस्थापक कोषाध्यक्ष, पूर्व अध्यक्ष एवं सल्लाहकार भिम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा संस्थाले स्यांकै कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै वि.सं. २०५९ साल माघ २४ गतेका दिन चितवनमा स्वर्गीय दान बहादुर गुरुङको अध्यक्षमा तमू प्ये ल्हु संघ चितवनको स्थापना गरिएको संस्थापक कोषाध्यक्ष, पूर्व अध्यक्ष एवं सल्लाहकार भिम बहादुर गुरुङले बताए।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष जगत बहादुर गुरुङ, पूर्व उपाध्यक्ष तुलाराम गुरुङ, महिला समिति अध्यक्ष इन्द्रमाया गुरुङ लगायत संस्थाका वर्तमान निर्वतमान पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

यस्तै कार्यक्रममा संस्थापकहरुका साथै संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।