Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखेपछि……

आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखेपछि……

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०७९
आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखेपछि……
images

कपिलवस्तु । आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखे पछि कपिलवस्तुमा एक जना व्यक्तिले आफ्नै बुवाको हत्या गरेका छन्। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० शितलापुरका ३० वर्षीय मग्निराम पासीले आफ्नै बुवा ६४ वर्षीय मगरे पासीको हत्या गरेका हुन्।

मङ्गलवार बिहान ११ बजे तिर श्रीमती र बुवालाई नग्न अवस्थामा देखे पछि आक्रोशित मनिरामले बुवाको हत्या गरेका थिए। हत्या पछि मनिरामले सो घटनालाई आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्डाएका थिए। घटना बारे थाहा पाए पछि प्रहरी पुग्दा बुधवार बिहान पासी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परका थिए।

घटना शङ्कास्पद देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। हत्यामा संलग्न मृतकको छोरा वर्ष ३० को मग्निराम पासी र बुहारी वर्ष २६ कि मिमा पासीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख कपिल जगं शाहीले बताए।

प्रमुख शाहीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन्। मंगलबार बिहान ११ बजे खाना खान घरमा आएको समयमा आफ्नो बुबा र श्रीमतीलाई मनीरामले नग्न अवस्थामा देखेका थिए। त्यस पछि बाबुको हत्या गरेको र सोही दिन राती ११ बजे डोरीमा बाँधी झुण्ड्याएका थिए। बुधवार बिहान ८ बजे मात्र प्रहरीलाई सूचना पुगेको र प्रहरीले घटनास्थलबाट आवश्यक सबुद प्रमाणहरू बरामद गरेको सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको शाहीले बताए।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - २१:४१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology