Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पराशर माध्यामिक विद्यालयद्धारा आयोजित हाजिर जवाफ प्रतियोगिता सम्पन्न, दमौली स्थित सत्यवती मावि प्रथम

पराशर माध्यामिक विद्यालयद्धारा आयोजित हाजिर जवाफ प्रतियोगिता सम्पन्न, दमौली स्थित सत्यवती मावि प्रथम

images

इच्छाकामना न्युज

११, फाल्गुण २०७९
पराशर माध्यामिक विद्यालयद्धारा आयोजित हाजिर जवाफ प्रतियोगिता सम्पन्न, दमौली स्थित सत्यवती मावि प्रथम
images

दमौली । व्यास नगरपालिका–४ बागबजार, दमौली स्थित पराशर माध्यामिक विद्यालय आज अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । विद्यालयले सामाजिक उत्तर दायित्व निभाउन पर्छ भन्ने सन्देश प्रवाह गर्नको लागि प्रतियोगिता गरिएको क्याम्पस तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यचन्द्र हड्कलेले जानकारी दिनुभयो ।

प्रतियोगितामा व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यामिक विद्यालय प्रथम भएको छ  व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङ स्थित जनजागृति माध्यामिक विद्यालय द्धितीय भएको छ भने भानु नगरपालिका–५ मईबल स्थित सरस्वती सदन मावि तृतीय भएको छ । प्रतियोगिता पराशर कलेज तथा पराशर माध्यामिक विद्यालयको प्राङ्गणमा गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई आठ हजार, द्धितीयलाई पाँच हजार र तृतीय हुनेलाई तीन हजार नगद तथा प्रमाणपत्र पराशर कलेजका प्रमुख अमृत भण्डारीले प्रदान गर्नुभयो । यस्ता प्रतियोगिताले प्रश्नको स्वभाव र प्रकृति, बुझ्ने, चाँडै उत्तर दिन सक्ने क्षमतालाई विकास गर्नेहुँदा विद्यार्थीको क्षमता विकासमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७९ बिहिवार - २१:३७:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology