तनहुँ । नेपाल रेडक्रस तनहुँद्धारा अपाङ्गता भएकाहरुको लागि दमौलीमा आईतबारबाट तालिम प्रदान गरिएको छ । तालिमको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा न्यौपानेले जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने भावाना अनुरुप नै काम गरिहेको उल्लेख गर्दै यस्ता तालिमले अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रम रेडक्रस तनहुँका सभापति प्रा.डा.कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको थियो । अपाङ्गता स्वालम्बन समुहले गरेको बचतलाई परिचालन गर्ने, हिसाब राम्रोसँग राख्न सिकाउने, आयआर्जनको रकमलाई सही तरिकाबाट व्यवस्थापन गर्ने उद्धेश्यले तालिम प्रदान गरिएको रेडक्रस तनहुँका मन्त्री सूर्यचन्द्र हड्खलेले बताउनुभयो ।

तालिममा ऋषिङ गाउँपालिकाका ८ वटै वडामा रहेका अपाङ्गता स्वालम्बन समुहका अध्यक्षहरु, कोषाध्यक्षहरु, रेडक्रस उपशाखाका स्वएम्सेवकहरु अपाङ्गता क्षेत्रमा काम गर्ने सस्थाका प्रतिनिधीहरु सहित २५ जनाको सहभागिता रहेको रेडक्रस तनहुँले जनाएको छ । तालिममा जगतबन्धु वाग्लेले प्रशिक्षण दिनु भएको छ ।