चितवन । देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयले बुधबार २९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य कृष्णप्रसाद सिलवाल प्रमुख अतिथि थिए।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्का, वडा नं.६ का लक्ष्मण चेपाङ, वडा नं. ३ का नरबहादुर नेपाल, वडा नं.६ का निवर्तमान अध्यक्ष भूपेन्द्र चेपाङलगायत छिमेकी विद्यालयका प्रधानाध्यापकहरूले शुभकामना मन्तव्य दिएका थिए।