Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

फोनिजको ‘नीति तथा विधान’ सम्मेलन फागुनको २७ र २८ गते सर्लाहीको हरिवनमा हुने

फोनिजको ‘नीति तथा विधान’ सम्मेलन फागुनको २७ र २८ गते सर्लाहीको हरिवनमा हुने

इच्छाकामना न्युज

२४, फाल्गुण २०७९
फोनिजको ‘नीति तथा विधान’ सम्मेलन फागुनको २७ र २८ गते सर्लाहीको हरिवनमा हुने
images

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को ‘नीति तथा विधान’ सम्मेलन यही फागुन २७ र २८ गते सर्लाहीको हरिवन नगरपालिकामा हुने भएको छ ।

images
images

यसअघि नै मिति तय गरिसकेको फोनिजले शुक्रबार सम्पन्न संघीय सचिवालय बैठकबाट सम्मेलन हुने स्थान तय गरेको हो । सम्मेलनमा देशभरबाट ३ सय भन्दा धेरै आदिवासी जनजाति पत्रकार सहभागी हुनेछन् ।

महासचिव मिलन लिम्बूका अनुसार सम्मेलनमा जिल्लाबाट निर्वाचित संघीय महाधिवेशन प्रतिनिधि, प्रदेशबाट निर्वाचित संघीय महाधिवेशन प्रतिनिधि, संस्थागत सदस्य संस्थाहरूबाट निर्वाचित संघीय प्रतिनिधि र अध्यक्षहरू, सातौँ संघीय महाधिवेशनका सन्दर्भमा संघीय समितिले मनोनित गरेका संघीय महाधिवेशन प्रतिनिधि, प्रदेश अध्यक्ष र महासचिवहरू तथा जिल्ला अध्यक्षहरूलाई प्रतिनिधिका रूपमा सहभागी हुने छन् ।

अधिवेशन सम्पन्न गर्न फोनिजले अध्यक्ष गजुरधन राईको संयोजकत्वमा ‘मूल आयोजक समिति’ गठन गरेको छ । समितिमा संघीय समितिका पदाधिकारी, सदस्यहरू र विभागका सदस्यहरू, मधेस प्रदेश समितिका अध्यक्ष तथा पदाधिकारीहरू र सदस्यहरू, मधेस प्रदेशका सबै जिल्ला अध्यक्षहरू र सबै संस्थागत सदस्य संस्थाका अध्यक्षहरू सदस्य रहने महासचिव लिम्बूले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - १४:३८:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology