Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दमौली स्थित बालमन्दिरका विद्यार्थीलाई प्रदुषणबाट जोगाउन सचेतना प्रशिक्षण प्रदान

दमौली स्थित बालमन्दिरका विद्यार्थीलाई प्रदुषणबाट जोगाउन सचेतना प्रशिक्षण प्रदान

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०७९
दमौली स्थित बालमन्दिरका विद्यार्थीलाई प्रदुषणबाट जोगाउन सचेतना प्रशिक्षण प्रदान
images

दमौली । नेपाल रेडक्रस सोसाईटी  तनहुँको आयोजनामा दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीलाई सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको छ । ‘निर्माण प्रदूषणको सन्दर्भमा किशोरावस्थाका व्यक्तिहरूको श्वासप्रश्वास स्वस्थ्य’ विषयक प्रशिक्षण प्रदान गरिएको हो ।

सो कार्यक्रममा काठमाण्डौको मनमोहन मेमोरियल ईन्स्टिट्यूट आफ हेल्थ साईन्सेसमा एम.पि.एच दोस्रो वर्षमा अद्ययनरत छात्रा गंगा खनालले पृथ्वी राजमार्गको सडक विस्तारको क्रममा तनहुँको विभिन्न छेत्रमा भईरहेको वायु प्रदूषण, यसले मानवश्वासप्रश्वासमा पर्ने नकारात्मक प्रभाव र यसबाट बच्ने उपायहरूबारे सहभागिहरूलाई जानकारी प्रदान गर्नुभएको थियो ।

331321456_925228938833779_1952011671441572584_n.png

नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँ र युथ ईनोभेषन नेटवर्क तनहुँको सहयोगमा संचालित सो कार्यक्रमको नेपाल रेडक्रस सोसाईटि तनहुँका सभापति प्रा.डा.कृष्णप्रसाद गौतमले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा गौतमले सबै धनहरु मध्ये प्रमुख धन भनेको स्वास्थ्य भएकोले प्रदुषणबाट बच्ने उपायका बारेमा जानकारी लिनु महत्वपूर्ण भएको बताउनुभयो । ‘शिक्षा, सामाजिक व्यवहार लगायत धनहरु हुन्छन् ति मध्ये सबैभन्दा महत्वपूर्ण स्वास्थ हो प्रा.डा. गौतमले भन्नुभयो यस्तो सचेतना कार्यक्रम बिस्तार गरिनु आवश्यक छ’’ ।

सो अवसमार  विद्यालयलाई एक हजार पिस मास्क हस्तान्तरण गरिएको थियो  । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँका सभापति कृष्णचन्द्र पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. सन्तलाल श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष हरिप्रसाद मिश्रले लगायतले विकास निर्माणको कामले धेरै धुलो, धुँवा तथा ध्वानी प्रदुषण भईरहने हुँदा यसबाट जोगिनु पर्ने हुँदा यस्ता कार्यक्रमलाई व्यापकता दिनु जरुरी रहेको कुरामा जोड दिनु भएको थियो ।

मन्तव्य व्यक्त बालमन्दिर मा.विका प्र.अ तथा जुनियर सर्कलका संरक्षक राजेन्द्र खनालको सभापतित्वमा संचालित कार्यक्रमको सहजीकरण युथ ईनोभेसन नेटवर्कका अध्यक्ष विजय श्रेष्टले गर्नुभएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७९ शुक्रवार - २२:०४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology