Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

वृद्धवृद्धाको चौतारी वन्दै दिवाकालिन जेष्ठ नागरिक आश्रम

वृद्धवृद्धाको चौतारी वन्दै दिवाकालिन जेष्ठ नागरिक आश्रम

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०७९
वृद्धवृद्धाको चौतारी वन्दै दिवाकालिन जेष्ठ नागरिक आश्रम
images

तनहुँ । व्यास नगरपालिका वड नं ५ मा रहेको भवन संकिर्तन समुहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रम वृद्धवृद्धाको चौतारी वन्दै आएको छ । हाल दिवाकालिन सेवा मात्र दिईरहेको आश्रममा त्यस क्षेत्र वरपरको वृद्धवृद्धा जमघट हुने रमाउने, खेल्ने, खाने गाउने, नाँच्ने स्थलको वनेको छ । 

विशुद्ध रुपमा वृद्धवृद्धालाई आश्रय दिने मनसाय स्वरुप स्थापना गरेको आश्रममा हाल आएर दैनिक ५० औ जना वृद्धवृद्धाहरु जम्मा भएर भजन गाउने, नाँच्ने, वजाउने, खेल्ने गरेका आश्रमका अध्यक्ष विष्णु गौतमले वताए । वृद्धवृद्धाको सम्मान र अभिरुची अनुरुप जीवन विताउनका लागी हामीले वृद्धवृद्धालाई आश्रममा विभिन्न संगीतका समानहरु मार्फत मनोरन्जन दिने गरेका छौ । वृद्धवृद्धाहरु दैनिक आएर विभिन्न भजन किर्तन गर्ने गाउने, वजाउने गर्नुहुन्छ, हाम्रो उद्येश्य यहि नै हो । वृद्ध आमावुवालाई दिउँसोको समान्य खाजाको पनि व्यवस्था गरेका छौ, जसले गर्दा उनिहरुमा खेल्ने र रमाउने वातावरण वनेको अध्यक्ष गौतमले वताए । 

यसैगरि जेष्ट नागरिक आश्रममा विभिन्न व्यक्तित्वहरुले शुभ जन्मोत्सवको अवसरमा आएर त्यहाँको वृद्धवृद्धालाई निशुल्क भोजन गराउदै आएको समेत अध्यक्ष गौतमले वताए । यु यस ट्रेडिङ विजनेश हाउसको संचालक श्री कृष्ण अधिकारी, मनोज अधिकारी, वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमाल, लक्ष्मी राज भट्टले शुभजन्मोत्सवको अवसर पारेर आश्रममा मनाएका थिए भने निजहरुले वृद्धवृद्धाका लागी भोजनको व्यवस्था समेत गरेका थिए ।

आश्रममा वृद्धवृद्धाको मनोरन्जनका लागी दैनिक भजन किर्तन समेत हुने गरेका छ । शनिवार सिन्धु नेपालटार सास्कृतिक समुहले आश्रममा आई भजन प्रस्तुत गरेका थिए । 

images
प्रकाशित मिति :फाल्गुण २७, २०७९ शनिवार - २०:४२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology