Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

वित्तिय जोखिम स्वमुल्यांकन(FRA)मा तनहुँ जिल्लामै पहिलो म्याग्दे 

वित्तिय जोखिम स्वमुल्यांकन(FRA)मा तनहुँ जिल्लामै पहिलो म्याग्दे 

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७९
वित्तिय जोखिम स्वमुल्यांकन(FRA)मा तनहुँ जिल्लामै पहिलो म्याग्दे 
images

तनहुँ । वित्तिय जोखिम स्वमुल्यांकनमा तनहुँ जिल्लाको दशै वटा पालिका मध्ये म्याग्दे गाँउपालिका ८३ अंक प्राप्त गरि पहिलो बनेको छ । 

स्थानिय रकार संचालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेको स्थानिय तह संस्थागत स्वमूल्यांकनमा म्याग्दे गाँउपालिका तनहुँमा पहिलो पालिका वनेको हो । 

स्थानीय तहका कार्यप्रक्रिया र उपलव्धीहरुको वारेमा लेखाजोखा गरी सवल र दुर्लभ पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवद्यिक समिक्षाको आधार प्राप्त गर्न र गाँउपालिका तथा नगरपालिकाहरुको वीचमा तुलनायोग्य सूचकहरु तर्जुमा वित्तिय जोखिम स्वमुल्यांकन हुने गर्दछ । 

वित्तिय जोखिम स्वमुल्यांकनमा म्याग्देले कुल ८३ अंक प्राप्त गरेको छ । जसमा योजना वजेट तथा कार्यक्रम व्यवस्थापनमा १७.५, कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा २५.५, लेखाङकन तथा प्रतिवेदनमा १६, अनुगमन मुल्यांकन तथा लेखापरिक्षणमा १३ र राजश्व व्यवस्थापनमा ११ नं प्राप्त गरेको छ भन नेपाल भरिका गाँउपालिकाहरु मध्ये उत्कृष्ठ समेत वनेको छ । यसैगरि लिजामा पनि ८७.७५ अंक प्राप्त गरि तनहुँ जिल्लामा नै म्याग्दे गाँउपालिका पहिलो वनेको छ । 

वित्तिय जोखिम स्वमुल्यांकनमा घिरिङ गाँउपालिका तनहुँको दशै वटा पालिका मध्ये सवैभन्दा कमजोर देखिएको छ । 

 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - ०८:१६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology