Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दमौलीमा चैत ११ मा रोटर्‍याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स हुने

दमौलीमा चैत ११ मा रोटर्‍याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स हुने

images

इच्छाकामना न्युज

८, चैत्र २०७९
दमौलीमा चैत ११ मा रोटर्‍याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स हुने
images

तनहुँ । तनहुँको दमौलीमा रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्‍याक्ट क्लब अफ दमौलीसहित अन्य रोटर्‍याक्ट क्लबको होस्टमा दोस्रो पिएस मिट र पेट्स सेट्स हुने भएको छ ।

यहीँ चैत ११ गते शनिबार जिल्लाको दमौलीमा उक्त कार्यक्रम गर्न लागेको रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

रोटर्‍याक्ट क्लब अफ दमौलीसहित रोटर्‍याक्ट क्लब अफ बज्र मनासलु, गोरखा र स्यम्बु भैसिपाटीले होस्ट गर्नेछन भने रोटर्‍याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र बिरगंज मेट्रोपोलिसले कार्यक्रमको को(होस्ट गर्ने छन ।

सो कार्यक्रममा देशभरका १८० रोटर्‍याक्ट क्लबका अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्य सदस्यहरु आउने कार्यक्रम संयोजक पवन सिंह कार्कीले जानकारी दिए ।

संयोजक कार्कीका अनुसार देशभरबाट करिब ७ सय बढीको उक्त कार्यक्रममा उपस्थिति रहनेछ ।

आन्तरिक पर्यटन प्रवर्द्धन सहित दमौली र तनहुँका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने समेत उक्त कार्यक्रमको उद्देश्य रहेकोे क्लबका सचिव किरण श्रेष्ठले जानकारी दिए ।

सो कार्यक्रममा करिब २० लाखको खर्च रहेकोे क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए । 

कार्यक्रमको ९० प्रतिशत तयारी पूरा भएको कार्यक्रमका उपसंयोजक सुगतचन्द्र हड्खलेले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - २१:४७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology