तनहुँ । वैदेशिक रोजगारीको लागि रोमानिया पुगेका तनहुँ बन्दिपुर ६ बाग्थलका खोबिन्द्र गुरुङको विदेश पुगेको ७ महिनामै ब्लड क्यान्सरका कारण उतै मृत्यु भयो । पालनपोषणको आड भरोसा रहेको व्यक्तिको विदेशमै मृत्यु भएपछि उनकै कमाईमा आश्रित परिवारको विचल्ली हुने अवस्था आयो ।
उनको अवस्थामा बारे जानकार तनहुँको आँबुखैरेनी गाउँपालिका ६ भुतखोला निवासी हाल वैदेशिक रोजगारीकै क्रममा यएईमा रहेका टक गुरुङले पिडित परिवारलाई सहयोगको अपिल गर्दै सामाजिक सञ्जाल फेसबुकमा आह्वान गरे । उनै टक गुरुङले फेसबुकमा गरेको आह्वानबाटै पहिलो चरणमा १२ लाख ८८ हजार ८१ रुपैयाँ सहयोग जुटाउन सफल भएको छ ।
आफुले गरेको सानो अपिलले सबै साथीभाईहरुले सहयोग गरिदिएकोमा पिडित परिवारलाई सहयोग पुग्ने अवस्था सृजना भएको प्रति सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् । ‘एक थुकी सुकी, सय थुकी नदी भनेझै सबैको सहयोगले पिडित परिवारलाई ठुलो राहत मिलेको छ’ –उनले भने ।
उनले संकलन गरेको रकम केहि दिन अघि नेपालमा रहेको श्रीमती मन्जु गुरुङ मार्फत स्वर्गीय खोबिन्द्र गुरुङका श्रीमती डिना गुरुङलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा सहयोग गर्नेहरुको नामावली सहितको विवरण समेत पिडितको परिवारलाई बुझाईएको संकलक टक गुरुङले बताए ।
सहयोग गर्नेहरुको नामावली र रकम
