Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

काम गर्न ढिलाई गरेको भन्दै भरतपुरको वाईपास सडक निर्माण गर्ने कम्पनीलाई १ करोड २० लाखसम्म जरिवाना हुन सक्ने

काम गर्न ढिलाई गरेको भन्दै भरतपुरको वाईपास सडक निर्माण गर्ने कम्पनीलाई १ करोड २० लाखसम्म जरिवाना हुन सक्ने

काम गर्न ढिलाई गरेको भन्दै भरतपुरको वाईपास सडक निर्माण गर्ने कम्पनीलाई १ करोड २० लाखसम्म जरिवाना हुन सक्ने
images

चितवन, २ माघ । भरतपुरको वाईपास सडक निर्माण ठेक्का पाएको गौरी पार्वती निर्माण सेवालाई जरिवाना गरिने भएको छ । निर्माण सम्पन्न गर्ने मिति पटक पटक थप गर्दा पनि निर्माण कार्य सम्पन्न गर्न नसकेपछि उक्त कम्पनीलाई जरिवाना हुने भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार अन्तिम पटक थप गरिएको मिति पुस मसान्तमा सम्पन्न भएको छ । अब उक्त कम्पनीले ठेक्का रकमको ०.०५ प्रतिशतदेखि १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । अधिकारीले भन्नुभयो “मिति सक्किएपछि काम गर्न उसैले पाउँछ तर, जरिवाना पनि हुन्छ ।” अधिकारीका अनुसार उसलाई अब काम गर्ने समयका आधारमा जरिवाना निर्धारण गरिने छ ।

images
images

कोरोना भाइरस र लकडाउनका कारण काम प्रभावित भएको भन्दै पछिल्लो पटक पौष मसान्तसम्म म्याद थप गरिएको थियो । तर उक्त कम्पनीले अहिलेसम्म जम्मा ८० प्रतिशत मात्र काम सम्पन्न गरेको छ । कार्यालय प्रमुख अधिकारीले अब मिति थप नहुने जानकारी दिनुभयो । ठेक्का सम्झौता रकम अनुसार ठेकेदार कम्पनीलाई जरिवाना हुने उहाँको भनाई थियो । जस अनुसार ठेकेदार कम्पनीलाई १ करोड २० लाखसम्म जरिवाना हुन सक्ने उहाँले जानकारी दिनुभयो ।

तर निर्माण कम्पनीले मिति सक्किए पनि जरिवाना तिरेर अधिकतम २ सय दिनसम्म काम गर्न पाउँछ । उक्त अवधिमा पनि काम सम्पन्न नभए ठेक्का सम्झौता रद्ध हुने कानुनी व्यवस्था छ । अधिकारीका अनुसार निर्माण कम्पनीको काम रोकिंदैन तर जरिवाना तिर्दै कामलाई निरन्तरता दिन पाउँछ । उक्त सडक विस्तारका लागि गौरी पार्वती निर्माण सेवा कम्पनीसँग १२ करोड ८१ लाख ८२ हजार रूपैयाँमा सम्झौता भएको थियो । ठेकेदारको चरम लापरबाहीले काम सम्पन्न गर्न ढिलाई भएको भन्दै चौतर्फी गुनासो भएपछि निर्माण कम्पनीले आलटार गर्दै आएको छ ।

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १९:३३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology