Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ

तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ

इच्छाकामना न्युज

१३, चैत्र २०७९
तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ

हङकङ । तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ चयन भएका छन् । समाजको आठौं अधिबेशनले  गुरुङको अध्यक्षतामा २१ सदस्यीय  नयाँ कार्यसमिति गठन गरेको हो । समाजको उपाध्यक्षमा रुम(रोशन) गुरुङ र सुबित गुरुङ चयन भएका छन् ।

images

त्यस्तै सचिबमा हेम थापा, कोषाध्यक्षमा कुश थापा, सहसचिवमा मदन थापा र सहकोषाध्यक्षमा नरेन्द्रसिंह रानालाई चयन गरिएको छ ।     

समाजको सदस्यमा रुद्र गुरुङ ,भोज कुमार आले ,जगत प्रसाद थापा ,कुमार गुरुङ ,पोशन कुमार थापा ,बिपिन थापा ,हरी थापा, नबिन थापा ,होम आले ,भिम राना, बिष्णु थापा , सागर  गुरुङ ,नरेश आले र लेख बहादुर भुजेल रहेका छन् ।

तनहुँ समाज हङकङका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा समाजका पुर्व अध्यक्ष यम थापा प्रमुख अतिथि रहेका थिए । तनहुँ समाज हङकङ तनहुँबाट विभिन्न सिलसिलामा हङकङ पुगेका नेपाली युवाहरुको आवद्धतामा गठित संस्था हो ।

समाजले सन् १९९९ देखी नै तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । शैक्षिक क्षेत्रबाट जिल्लामा सामाजिक कामको थालनी गरेको समाजले अहिले विभिन्न रोगबाट पीडित बनेका आर्थिक रुपले कमजोर व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।

समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको छ ।

images
प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - २०:५६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology