Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको घिरिङमा एक कर्मचारी एक बिरुवा रोपण कार्यक्रम संचालन

तनहुँको घिरिङमा एक कर्मचारी एक बिरुवा रोपण कार्यक्रम संचालन

images

इच्छाकामना न्युज

१४, चैत्र २०७९
तनहुँको घिरिङमा एक कर्मचारी एक बिरुवा रोपण कार्यक्रम संचालन
images

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाले एक कर्मचारी एक विरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले उक्त कार्यक्रम अन्तर्गत सोमबार कार्यालय परिसरमा विरुवा रोपण गरी ग्रीन बेल्ट कार्यक्रम सुरु गरेको हो । 

गाउँपालिका अध्यक्ष होमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायत जनप्रतिनिधि र सबै कर्मचारीहरुले एक–एक वटा फूलका बिरुवा रोपण गरेका छन् । 

सेवाग्राहीलाई सजिलो र सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिका परिसरलाई हरियाली बनाईने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए। 

गाउँपालिकाको भवन भित्र सहायता कक्ष, कार्यक्रम सभाहलको ब्यवस्थापन, दृष्टि बिहिनहरुलाई प्रत्येक शाखाको प्रवेशद्वारमा ब्रेन लिपि अक्षर राखिएको कक्ष निर्माण तथा गाउँपालिका परिसर भित्र विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिँदै आएको उनले बताए।

images
प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - ०८:४९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology