तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले ६८ औ स्थापना दिवसको अवसरमा बिहीबार जिल्लाका सात जना पत्रकारलाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको विभिन्न बिधाबाट पत्रकारलाई पुरस्कृत गरिएको हो ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ्ग लगायतका अतिथीहरुले विभिन्न बिधाबाट पुरस्कृत पत्रकारलाई नगद सहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेका हुन् । नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पूर्व अध्यक्ष मुक्तिनाथ खनालद्वारा स्थापित पुरस्कार नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई सम्मान गरिएको छ । संस्थापक अध्यक्ष भण्डारीलाई १५ हजार नगद सहित दोसल्ला र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।
पत्रकार एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जीवि हरीमाया स्मृति पत्रकारिता पुरस्कारबाट एस.बि.नेपालीलाई नेपाली सम्मान गरिएको छ । नेपाली रासस तनहुँ प्रतिनिधीका साथै जनचाहना न्युज डट कमका कार्यकारी सम्पादक समेत हुन् । पुरस्कारको राशी दश हजार एक सय एघार रहेको थियो ।
त्यसैगरी, इन्जिनियर हरिभक्त भट्टराई स्मृति पुरस्कार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारी, भोर्लेली केवल बहादुर स्मृति पुरस्कार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई र रण बहादुर चिजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ । अधिकारी र भट्टराईलाई नगद १०/१० हजार र आचार्यलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।
त्यसैगरी टिकानिधी ढुङ्गाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा, पत्रकार स्वर्गीय पुरुषोत्तम काफ्ले स्मृति युवा पत्रकारिता पुरस्कार पवन पौडेललाई प्रदान गर्ने निर्णय भए अनुरुप सम्मान गरिएको तनहुँका शाखाका सचिव प्रताप रानाले जानकारी दिए । पत्रकार शर्मा र पौडेललाई १० हजारका दरले पुरस्कृत गरिएको हो । पत्रकार शर्माको बुबा चन्द्र प्रकाश पन्थको निधनका कारण कार्यक्रममा सहभागि भएकी थिइनन् ।
शाखाका अध्यक्ष उज्वल पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिसस तनहुँका प्रमुख शान्तिरमण वाग्ले,प्रजिअ छबिलाल रिजाल,व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने,बरिष्ठ अधिवक्ता एवं पत्रकार कमलामोहन वाग्ले,म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ,रेडक्रस सोसाइटी तनहुँका अध्यक्ष प्रा.डा कृष्ण प्रसाद गौतम,तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष राजेन्द्र न्यौपाने,संघका संस्थापक अध्यक्ष बिश्वबन्धु भण्डारी,निवर्तमान अध्यक्ष डम्बर अधिकारी लगायतका वक्ताहरुले समाजमा हुने विकृति बिसंगतिलाई चिर्दै संचारकर्मी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम संचालन शाखाका सचिव प्रताप राना र स्वागत उपाध्यक्ष डिपी अधिकारीले गरेका थिए ।