Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तमू प्ये ल्हु संघ केन्द्रीय युवा समितिको उत्तरी गोरखाका गुरुङ गाउँहरुमा १० दिने बृहत साँस्कृतिक अभियान सञ्चालन

तमू प्ये ल्हु संघ केन्द्रीय युवा समितिको उत्तरी गोरखाका गुरुङ गाउँहरुमा १० दिने बृहत साँस्कृतिक अभियान सञ्चालन

images

इच्छाकामना न्युज

२, बैशाख २०८०
तमू प्ये ल्हु संघ केन्द्रीय युवा समितिको उत्तरी गोरखाका गुरुङ गाउँहरुमा १० दिने बृहत साँस्कृतिक अभियान सञ्चालन
images

गोरखा । तमू प्ये ल्हु संघ केन्द्रीय युवा समितिले उत्तरी गोरखाका गुरुङ गाउँहरुमा १० दिने बृहत साँस्कृतिक अभियान सञ्चालन गरेको छ । गुरुङ समुदायको धर्मसंस्कार, संस्कृति, भाषा र भेषभुषाको मौलिकपना जोगाउन गाउँगाउँमा जनचेतना जगाउने उद्देश्यका साथ युवा समितिले गोरखाको धार्चे गाउँपालिका अन्तर्गत पर्ने गुरुङ गाउँहरुमा अभियान सञ्चालन गरेको हो । 

१० दिनसम्म सञ्चालन गरिएको अभियान २०७९ चैत २१ गतेदेखि सुरु गरि ३० गतेसम्म सञ्चालन गरिएको तमू प्ये ल्हु संघ केन्द्रीय युवा समिति शुक्रराज गुरुङले जानकारी दिए । समितिले गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम माछिखोलाबाट सुरु गरि लापु, गुम्दा, काशीगाउँ, केरौजा, रुन्चेत, हुल्चुक, उहिया, खोर्ला, सिंगला र लाप्राक गाउँमा अभियान समापन गरिएको उनले बताए । 

अभियानमा गुरुङ समुदायको बाहुल्यता रहेको ती गुरुङ गाउँहरुमा समुदायको धर्मसंस्कार, संस्कृति, भाषा र भेषभुषाको मौलिकपना कसरी, किन जोगाउने जस्ता कुरामा स्थानीय गुरुङ समुदायसँग छलफल र बहस गरेको अध्यक्ष गुरुङले बताए । 

समितिका अध्यक्ष शुक्रराज गुरुङको नेतृत्वमा चलेको अभियानमा ३० जना युवाहरुको सहभागिता रहेको थियो । अभियानको क्रममा धार्चे गाउँपालिकामा गुरुङ समुदायको मात्र बसोबास रहेको पाईएको र अभियानलाई स्थानीय गुरुङ समुदायले प्रशंसा गर्दै हामी गुरुङ समुदायले आफ्नो जातिको बारेमा बुभ्mन र बुझाउन जरुरी रहेको बताएको अध्यक्ष गुरुङले बताए ।

images
प्रकाशित मिति :बैशाख २, २०८० शनिवार - १०:१८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology