Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लामखट्टेले दुःख दियो ? भगाउन यो घरेलु उपाय अपनाउनुहोस्

लामखट्टेले दुःख दियो ? भगाउन यो घरेलु उपाय अपनाउनुहोस्

इच्छाकामना न्युज

५, बैशाख २०८०
लामखट्टेले दुःख दियो ? भगाउन यो घरेलु उपाय अपनाउनुहोस्

काठमाडौं । गर्मी मौसममा यदि कसैलाई रातको निद्रामा बाधा पुग्छ भने त्यो विषालु लामखुट्टे नै हो ।

images

हात, खुट्टा र अनुहार टोकेर यसले हैरान मात्रै बनाउँदैन, बिभिन्न रोगहरू पनि निम्त्याउँछ । तिनीहरूलाई मारेर धपाउनका लागि कुण्डल बाल्नमा रातभरी बित्छ । जसका कारण दिनभर आँखामा थकान र निद्रा लाग्ने गर्छ, जसले काममा नराम्रो असर पार्छ ।

तर, अब तपाई यसबाट छुटकारा पाउनुहुनेछ किनभने यहाँ हामी एउटा यस्तो घरेलु उपाय तपाईलाई बताउनेछौं, जसले गर्दा लामखुट्टे हाम्रो वरपर पनि आउँदैन । जसका कारण सो बिद्यि अपनाएका कारण लामखुट्टेले तपाईको वरपर पनि आउने छैन भने तपाईको शरिरमा टोक्ने पनि छैन।

लामखुट्टे भगाउने घरेलु उपाय

लामखुट्टे भगाउन मानिसहरूले कीटनाशक छर्ने गर्छन । तर, यसलाई दिनहुँ प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले अब देखि यो घरेलु उपाय सिक्नुहोस् र अर्को पटक लामखुट्टे र झिंगा हटाउन प्रयोग गर्नुहोस्।

– नीमको सुख्खा पात ।
– तेज पत्ता
– लहसुन
– प्याज
– ल्वाङ
–कपूर

सबैभन्दा पहिले सुक्खा नीमको पातलाई राम्ररी कुचल्नुहोस्, त्यसपछि त्यसमा प्याज, लसुनको बोक्रा, ल्वाङ र कपूर मिसाएर ग्राइन्डरमा पिसेर राख्नुहोस्। त्यसपछि यो पाउडरलाई बक्समा राख्नुहोस् ।

कसरी प्रयोग गर्ने

यो धूलो हरेक साँझ माटोको दियोमा राख्नुहोस् र त्यसमा कपूरको टुक्रा राखेर उज्यालो गर्नुहोस्। यसको धुवाँ पुरै घरमा राम्रोसँग फैलिने ठाउँमा राख्नुहोस्, त्यसपछि हेर्नुहोस् कसरी घरबाट लामखुट्टे भाग्छन् ।

लामखुट्टेलाई यो पाउडर बनाउन प्रयोग गरिने सामग्रीको गन्ध मन पर्दैन, त्यसैले यो घरेलु उपाय तिनीहरूलाई हटाउन धेरै प्रभावकारी छ।

images
प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - ०९:४२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology