Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

म्याग्देमा व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

म्याग्देमा व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

५, बैशाख २०८०
म्याग्देमा  व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
images

तनहुँ । म्याग्दे गाँउपालिका वडा नं १ का व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे १ का वडाध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । 

नेपाल सरकारको वार्षिक कार्यक्रम अन्र्तगत संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा जन्म, मृत्यृ, विवाह, वसाई सराई, सम्वन्ध विच्छेदको वारेमा प्रक्रिया र कानुनका विषयमा सहभागिहरुलाई जानकारी गराईएको थियो । वडका १० वटा टोलको अध्यक्ष, उपाध्यक्ष र सचिव गरि कुल ३० जना सहभागीहरुलाई व्यक्तिगत घटना दर्ताको वारेमा जानकारी दिईएको थियो । 

कार्यक्रमको प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले व्यक्तिगत घटना नागरिकको नैसर्गिक अधिकार भएको हुदाँ सरकारले नागरिकलाई पुर्ण रुपमा सेवा दिईने वताए । प्रक्रियाका सम्वन्धमा हुने कठिनाईलाई सहज गराउने उद्येश्यका साथ अभिमुखीकरण कार्यँक्रम गरिएको हुदाँ नागरिकको अधिकारमा राज्य र पालिका गम्भिर भएको वताए । 

कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले व्यक्तिगत घटना दर्ता सप्ताहले नागरिकको अधिकारको उजागर गरेको हुदाँ यो सप्ताहव्यापी कार्यक्रममा सवैले सहयोग गर्नुपर्ने वताए । कार्यmक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर राना लगायतले धारणा राखेका थिए । व्यक्तिगत घटना दर्ता सप्ताह वैशाख ७ गते सम्म चल्नेछ । 

images
प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - ०९:५७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology