चितवन । १७ औं लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले ‘राष्ट्रिय उत्सवः लोकतन्त्र दिवस कि, जनयुद्ध दिवस ?’ भन्ने शीर्षकमा भरतपुरको चौबीस कोठिमा कोण सभा गर्ने भएकोछ। बाल सैन्यको प्रयोग युद्ध अपराध, जनयुद्ध दिवस मनाउनु अन्तर्राष्ट्रिय कानुनलाई चुनौति, सत्रौ लोकतन्त्र दिवसका अवसरमा बेलुका ६ः३० बजे समाजको आयोजनामा ‘राष्ट्रिय उत्सवः लोकतन्त्र दिवस कि, जनयुद्ध दिवस ?’ शिर्षकमा हुन गइरहेको देशव्यापी कार्यक्रमका लागि दुई पृष्ठको अवधारणापत्र सार्वजनिक गरिएको छ ।
अन्तर्राष्ट्रिय कानुनले बाल सैन्यको प्रयोगलाई युद्ध अपराध घोषित गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनलाई चुनौति दिँदै जनयुद्ध दिवस मनाउने सरकारी निर्णय स्विकार्य नहुने धारणा शान्ति समाजको रहेको छ किनकि माओवादीको हिंसात्मक जनयुद्धमा बाल सैन्यको प्रयोग भएको अनमिनले नै प्रमाणित गरेको छ ।
स्मरणीय छ, यस सम्बन्धमा पहिलो चरणको अभियानका रुपमा शान्ति समाजले २०७९ चैत्र १७ गते “ लोकतन्त्रको १७ वर्ष, संक्रमणकालीन न्याय अलपत्र” शिर्षकमा २६ जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको शाखा सभापति शम्भु राउतले जानकारी दिनु भएको छ।