Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बन्दीपुर गाउँपालिकाले वैैदेशीक रोजगारबाट फर्किएर ब्यबसाय गर्नेलाइ १ लाख अनुदाने दिने

बन्दीपुर गाउँपालिकाले वैैदेशीक रोजगारबाट फर्किएर ब्यबसाय गर्नेलाइ १ लाख अनुदाने दिने

इच्छाकामना न्युज

१८, बैशाख २०८०
बन्दीपुर गाउँपालिकाले वैैदेशीक रोजगारबाट फर्किएर ब्यबसाय गर्नेलाइ १ लाख अनुदाने दिने
images

बन्दीपुर ।  बन्दीपुर गाउँपालिका तनहुँले वैदेशिक रोजगारबाट फर्किएर व्यक्तीहरुका लागि व्यापार व्यवसायका लागि प्रोत्सहान स्वरुप अधिकतम १ लाख रुपैया सम्म नगद अनुदान दिने निर्णय गरेको छ । बैैदेशिक रोजगारबाट फर्केका व्यक्तीहरुलाई सुरक्षित आप्रवासन (सामी) तथा पुनःएकिकरण कार्यक्रम अन्र्तगत कृषि, पशुपँक्षिपालन, साना तथा घरेलु उद्योग, व्यापार, व्यवसायका लागि प्रोत्सहान स्वरुप करिव ४० जनालाइ अधिकतम नगद रु १ लाख रुपैया सम्म अनुदान दिने निर्णय  गरेको हो ।

बन्दीपुरमा सुरक्षित आप्रवासन (सामी) तथा पुनःएकिकरण कार्यक्रम सम्बन्धी जनप्रतिनिधीहरुलाई अभिमुखिकरण कार्यक्रम समेत सोमबार सम्पन्न भएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि चालु आर्थिक बर्षबाट सुरक्षित आप्रवासन कार्यक्रम संचालित गरिएको छ ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धी बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले प्रस्तुती दिएका थिए भने सुरक्षित आप्रवासन (सामी) सम्बन्धी क्रियाकलाहरुको प्रगती विवरण कार्यक्रम संयोजक लुना रानाले गरेका थिए । कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तीहरुका लागि पुनःएकिकरण कार्यक्रम सम्बन्धी फोकल पर्सन एव रोजगार संयोजक शरण सिँह गुरुङले आफ्नो भनाइ प्रस्तुत गरेका थिए ।

images
images

images
प्रकाशित मिति :बैशाख १८, २०८० सोमवार - २२:३३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology