भरतपुर । १३४ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले शान्तिपूर्ण प्रदर्शन गरेको छ । समाजले आज परेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भरतपुरको चौबीस कोठिमा आधा घन्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो।

समाजले विभिन्न दिवसहरुको अवसरमा कार्यक्रम गर्दै आएको छ। प्रदर्शनमा समान कामको समान ज्याला, नीतिनिर्माता क्षेत्रहरूमा श्रमिकहरुको सहभागिता र प्रतिनिधित्वलाइ सुनिश्चित ग,र ८ घन्टा काम ८ घन्टा मनोरञ्जन ८ घण्टा बिश्रामको निति कायम गर भन्ने जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा केन्द्रिय उपसभापति राजेन्द्र पौडेलको उपस्थिति थियो भने शाखा सभापति शम्भु राउतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण शाखा सचीव जीवन के.सी.ले गरेको थियो ।