Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

धादिङको गल्छिमा ग्राहकलाई छुरा प्रहार गरी हत्या गर्ने घटनाका अभियुक्त ३ जना सार्वजनिक

धादिङको गल्छिमा ग्राहकलाई छुरा प्रहार गरी हत्या गर्ने घटनाका अभियुक्त ३ जना सार्वजनिक

इच्छाकामना न्युज

२९, बैशाख २०८०
धादिङको गल्छिमा ग्राहकलाई छुरा प्रहार गरी हत्या गर्ने घटनाका अभियुक्त ३ जना सार्वजनिक
images

धादिङ । होटलमा खाजा खाना आएका ग्राहकलाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको अभियोगमा प्रहरीले धादिङको गल्छीबाट पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ ।

images
images

पक्राउ परेकाहरुमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर–८, निबुवाबोटे बस्ने वर्ष ४७ की सरस्वती पनेरु, निजकै छोरा वर्ष २६ का नीरज पण्डित र पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर–१४ घर भई धादिङको गल्छीमा बस्दै आइरहेका ३० वर्षीय किरन राना रहेका छन् ।

पक्राउ परेका तीनैजनालाई कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार पत्रकार सम्मेलन गरेर वैशाख २७ गते राति पौने १२ बजे धादिङको गल्छी गाउँपालिका वडा नम्बर–८, निबुवाबोटेमा सरस्वती पनेरु (पण्डित)ले सञ्चालन गरेको शानदार होटल एण्ड लजमा भएको घटनाको विवरण जानकारी गराएको हो ।

स्थानीय विनोद थापा मगर र होटल सञ्चालिका सरस्वतीबीच होटलमा खाएको पैसाको विषयमा विवाद हुँदा होटल सञ्चालिकाले फोन गरी छोरा नीरज पण्डितलाई बोलाएकोमा नीरजले आफ्नो साथी किरण राना मगरसमेतलाई साथमा लगी विनोदलाई मरणासन्न हुने गरी कुटपिट गरेर फोल्डिङवाला छुरा प्रहार गरी घाइते बनाएको र घाइते विनोदको उपचारको क्रममा काठमाडौँ, थापाथलीस्थित नर्भिक अस्पतालमा वैशाख २८ गते बिहान पौने २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

कुटपिट र धारिलो हतियार प्रयोग गरी स्थानीय युवकको ज्यान गएपछि आफन्त र आक्रोशित स्थानीयले बिहीबार बिहानैदेखि गल्छी–त्रिशूली सडकखण्ड अवरूद्ध पारेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध जनाएका थिए । साथै होटलमा तोडफोड, आगजनी प्रयास र होटल सञ्चालिकाको मोटरसमेत तोडफोड गरेका थिए ।

आक्रोशित भीडबाट थप क्षति हुन नदिन प्रहरीले घटनामा संलग्न भएकाहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तीन जनालाई शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । वारदातका बेला प्रयोग भएको धारिलो हतियार शुक्रबार बिहान घटनास्थलबाट ३० मिटर पर त्रिशूली नदीकिनारमा भेटिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालतबाट दिन तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको र अभियुक्तहरुमध्येकी सरस्वती पनेरुले केटीहरुलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाई मानव बेचबिखन गरेको उजुरीको आधारमा निजविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेत म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताएका छन् ।

images
प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - २२:२५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology