Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आदिकवि व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा भण्डारी

आदिकवि व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा भण्डारी

images
आदिकवि व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा भण्डारी
images

तनहुँ । तनहुँको व्यास नगरपालिका १ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा भण्डारी सर्वसम्मतरुपमा चयन भएकी छन् ।

सर्कलको तेस्रो अधिवेशन तथा साधारण सभाबाट भण्डारीलाई अध्यक्षमा चयन गरिएको हो । भण्डारी यसअघिको समितिमा द्धितिय उपाध्यक्ष रहेकी थिइन् ।

संस्थाको प्रथम उपाध्यक्षमा अभिषेक चापागाई , द्धितिय उपाध्यक्षमा रोजिना श्रेष्ठ, सचिवमा प्रविन आले, कोषाध्यक्षमा कविना गैहे, सहसचिवमा पुजन दुलाल चयन भएका छन् ।

बोर्ड सदस्यहरुमा नम्रता थपलिया, विकाश पुरी, सुस्मिता गिरी,सविना अधिकारी, सुस्मिता थापा, दुर्गा सुनार चयन भएका छन्।
त्यस्तैगरि ११र१२ उपसमिति संयोजकमा चन्दन परियार चयन भएको छ। तीन जना वोर्ड सदस्य र उपसमिति सदस्यहरु भने आगामी बैठकले मनोनित गर्ने निर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

सर्कलका अध्यक्ष दिनेश विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम स्वागत मन्तव्य प्रथम उपाध्यक्षमा मिलन तामाङले गरेका थिए । कार्यक्रम सञ्चालन र आयव्यय विवरण सर्कलका सचिव सुमन खड्काले प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - २१:४५:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology