Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश १ र बागमतिमा आज प्रदेश सभाको बैठक बस्दै 

अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश १ र बागमतिमा आज प्रदेश सभाको बैठक बस्दै 

अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश १ र बागमतिमा आज प्रदेश सभाको बैठक बस्दै 

काठमाण्डौ, ७ माघ । प्रदेश नम्बर १ र बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध नेकपाका प्रचण्ड–नेपाल समुहका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । 
प्रचण्ड–नेपाल समुहले बागमतीमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने गरि कसरत गरिरहेको छ । तर, नेकपाको ओली पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव असफल बनाउने गरि नेता कार्यकर्ता आफ्नो पक्षमा पार्ने गरि पहल गरिरहेका छन् । 
प्रदेश नम्बर १ को बैठक दिउँसो २ बजे बोलाइएको छ भने बागमती प्रदेशमा अपरान्ह ३ बजे बैठक बस्नेछ। संविधानको धारा १ सय ८८ ले विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था गरेको छ ।संविधानको धारा १ सय ८८ को उपधारा १ र २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मतको लागि राखेको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतले पारित हुन नसकेमुख्यमन्त्री पदमा रहन मिल्दैन । त्यसपछि धारा १ सय ६८ अनुसार प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानले गरेको छ ।  
यसैबीच,प्रदेश १ को काँग्रेसको संसदीय दलको बैठक आजपनि बस्दैछ । आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारे निर्णय गर्न हिजो बसेको छ बैठक बिना निस्कर्स सकिएपछि बैठक आज फेरि बस्न लागेको हो । मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–नेपाल समुहलाई अविश्वासको प्रस्ताव पास गर्न पनि काँग्रेसको समर्थन चाहिन्छ । तर, काँग्रेसले यसबारे केही निर्णय गरेको छैन ।

images

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - ०९:१७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology