Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इलाममा आफ्नै श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

इलाममा आफ्नै श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

रासस

२२, आषाढ २०८०
इलाममा आफ्नै श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
images

इलाम । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ । 

images
images

गएराति करिब १०ः३० बजे चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको उनले बताए । 

राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ । 

गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको एसपी घिमिरेले जानकारी दिए । 

पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - ०९:०३:०७ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology