Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मुख्यमन्त्री सुरेन्द्र पाण्डेद्वारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

मुख्यमन्त्री सुरेन्द्र पाण्डेद्वारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

images

इच्छाकामना न्युज

२४, आषाढ २०८०
मुख्यमन्त्री सुरेन्द्र पाण्डेद्वारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण
images

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आईतवार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिए ।

‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरि सुविधा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने । संक्राम तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका बिरामीबाट अन्य रोगका बिरामीमा संक्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विषेश ध्यान दिन मुख्यमन्त्री पाण्डेले सुझाब दिए ।

अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलाकालागि ¥याम्प निर्माण भएको भएपनि लिफ्ट नहुँदा समस्या हुने गरेको डाक्टर बिकास गौचन ले बताए । मुख्यमन्त्री पाण्डेले बिरामीको सुरक्षाकालागि लिफ्ट राख्न जरुरी भएको बताउँदै भने ‘¥याम्प भएर आउजाउ गर्ने ठाउँपनि ब्यवस्थित गर्नुपर्ने रहेछ ।’  

Untitled-1 copy.jpg

मुख्यमन्त्री पाण्डेले अस्प्तालमा रहेका बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्था लागयतका बारेमा जानकारी लिएका थिए । सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्मा, अस्पतालका डाक्टर बिकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए । अस्पतालले छिट्टै डायलायसिस सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ । उक्त अस्पतालबाट जनरल ओपिडि सेवा देखि बिरामी भर्ना, उपचार नियमित हुँदै आएको छ ।

सरुवा तथा संक्रामक रोग लागेका बिरामीलाई छुट्टै आईसोलेट गरेर अन्य बिरामीलाई छुट्टै सेवा दिने गरिएको डाक्टर गौचनले बताए । पोखरा महानगर ३० स्थित प्रदेश सरकार मातहतको उक्त अस्पतालको अहिले नयाँ भबन निर्माणाधिन छ । निर्माणाधिन भबनको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले छिटो काम सम्पन्न गराउनुपर्नेमा जोड दिए ।

images
प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - २१:४५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology