Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बन्टारमा बन्ने भयो गण्डकी गाउँपालिकाको प्रशासनिक भवन

बन्टारमा बन्ने भयो गण्डकी गाउँपालिकाको प्रशासनिक भवन

इच्छाकामना न्युज

२९, आषाढ २०८०
बन्टारमा बन्ने भयो गण्डकी गाउँपालिकाको प्रशासनिक भवन


गोरखा– गण्डकी गाउँपालिकाको प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव गाउँ सभाबाट पारित भएको छ । शुक्रवार बसेको १३ओेै गाउँसभाको बहुमत सदस्यले पालिकाको   प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव पारित गरेको हो । बन्टार वडा न ६ भुम्लिचोकमा पर्दछ । 

images

२०७४ मा स्थानीय सरकार सञ्चालन भएपछि गाउँपालिकाको अस्थायी भवन वडा न ६, भुम्लिचोकमा कायम गर्ने निर्णय गरेको थियो । २०७८ मा भएको गाउँ सभाले गाउँपालिकाको प्रशासनिक भवन वडा न ६ ओखल डाँडामा बनाउने निर्णय गरेको थियो ।

२०७९ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका दीपक तिमिल्सिनाको नेतृत्वले गाउँपालिकाको सेवा कार्यालयका रूपमा बन्टारमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

गाउँ सभा मार्फत पारित भएपछि अब पालिकाले भवन निर्माण गर्न बाटो खुल्ला भएको छ । पालिकाको भवन निर्माणका लागि हरेक वर्ष संघ र प्रदेश सरकारले रकम दिदैं आइरहेको छ ।

यसअघि नै पालिकाले ल्याएको नीति तथा कार्यक्रममा सहित बजेटमा पालिकाको प्रशासनिक भवन बनाउन बजेट विनियोजन गरेको थियो।

images
प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - १८:१०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology