Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गुरुङ र मगर भाषालाई गण्डकीमा कामकाजी भाषाको मान्यताका लागि दबाब सृजना गर्न समुदायकै संस्थासँग जवाफ माग्दै अभियन्ताहरु

गुरुङ र मगर भाषालाई गण्डकीमा कामकाजी भाषाको मान्यताका लागि दबाब सृजना गर्न समुदायकै संस्थासँग जवाफ माग्दै अभियन्ताहरु

images

इच्छाकामना न्युज

१७, श्रावण २०८०
गुरुङ र मगर भाषालाई गण्डकीमा कामकाजी भाषाको मान्यताका लागि दबाब सृजना गर्न समुदायकै संस्थासँग जवाफ माग्दै अभियन्ताहरु
images

पोखरा । नेपालको संविधानले धारा २८७ मा व्यवस्था गरेर भाषा आयोगले समेत सरकारी कामकाजको भाषाको रुपमा मातृभाषा प्रयोग गर्न सकिने भनी २०७८ भदौ २० गते सिफारिस समेत गरेको छ । सोही बमोजिम गण्डकी प्रदेशमा कामकाजी भाषाको रुपमा गुरुङ र मगर भाषा प्रयोग गर्न सिफारिस गरिएको छ । तर प्रदेश सरकारले अझै पनि  सिफारिश गरिएको मातृभाषा प्रचलनमा ल्याइएको छैन ।

364535253_597841379185325_8135292548319970970_n.jpg

प्रदेश सरकारले अहिलेसम्म पनि मातृभाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा नल्यादा पनि सम्बद्ध समुदायका संघसंस्थाहरुले कुनै दबाब सृजना नगरेको भन्दै गुरुङ समुदायका अभियन्ताहरुले समुदायको अधिकारका लागि स्थापित संघसंस्थाहरुसँग जवाफ माग्न थालेको छ । गुरुङ अभियन्ताहरुले केहि दिन अघि साउन ७ गते एक पत्र मार्फत तमू प्ये ल्हु संघ केन्द्रीय समिति र तमू धीं नेपाल केन्द्रीय समितिलाई प्रदेश सरकारलाई प्रदेशभर गुरुङ र मगर भाषा सरकारी कामकाजीको भाषाको रुपमा कार्यान्वयन गर्न सशक्त दबाब मुलक कार्यक्रम आयोजना गर्न संस्थाको जवाफ मागेको हो ।

363373596_1449272702513989_996013533782784378_n.jpg

अभियन्ताहरु नागरिक अधिकार मञ्चका संयोजक अमृत गुरुङ, तमूवान राष्ट्रिय समितिका सदस्य हितकाजी गुरुङ, तमू –गूरुङ) लामिछाने समाजका सदस्य गुञ्जमान गुरुङ र नागरिक अधिकार मञ्चका सदस्य तुल बहादुर गुरुङले संयुक्त रुपमा ती संस्थाहरुसँग जवाफ मागेको हो । संविधानमा व्यवस्था अधिकार प्राप्तिका लागि पनि समुदायका लागि स्थापित संस्थाहरु चुपचाप रहनु उपयुक्त नभएको ठहर गर्दै आफुहरुले ती संस्थाहरुसँग जवाफ माग्न थालिएको अभियन्ता नागरिक अधिकार मञ्चका संयोजक अमृत गुरुङले बताए । साथै अन्य समुदायको अधिकारका लागि स्थापित संस्थाहरुसँग पनि जवाफ माग्दै मातृभाषा स्थापितका लागि समुदाय केन्द्रीत संघसंस्थाहरुलाई प्रदेश सरकार विरुद्ध दबावमूलक कार्यक्रम गर्न जागरुप गर्न लागिपर्ने उनले बताए । 

363347909_1449272692513990_6535440557017119771_n.jpg

images
प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - २२:१४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology