Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनी पारी गोरखा मझुवाको नवनिर्मित गेटमा प्रथम शहिद लखन थापाको सालिक निर्माण

आँबुखैरेनी पारी गोरखा मझुवाको नवनिर्मित गेटमा प्रथम शहिद लखन थापाको सालिक निर्माण

images

इच्छाकामना न्युज

२१, श्रावण २०८०
आँबुखैरेनी पारी गोरखा मझुवाको नवनिर्मित गेटमा प्रथम शहिद लखन थापाको सालिक निर्माण
images

गोरखा । गोरखा नगरपालिका–१३ मझुवादेउरालीस्थित गोरखागेटमा प्रथम सहिद लखन थापा मगरको सालिक निर्माण गरिएको छ । प्रवेशद्वारको वायाँतर्फ (गोरखा जिल्ला प्रवेश गर्दा) थापाको पूर्णकदको सालिक निर्माण गरिएको हो । सालिक निर्माणको कुल लागत १२ लाख रहेको छ । गोरखा नगरपालिकाको दश लाख र नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाको दुई लाखले सालिक निर्माण गरिएको समितिले जनाएको छ ।

सालिकको शनिवार एक कार्यक्रमका बीच नगर प्रमुख कृष्ण राना मगरले अनावरण गरेका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समितिका जिल्ला अध्यक्ष अशोक रानाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष मित्रा परियार, नेपाल मगर संघका केन्द्रिय सदस्य बिष्णु राना, संघका जिल्ला उपाध्यक्ष नानुमाया थापा, लखन थापा मगर स्मृति प्रतिष्ठानका अध्यक्ष जीवन आले, प्रतिमा निर्माण समितिका अध्यक्ष जगत बहादुर मगर, स्थानीय ओम बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

366001079_2881145278683469_3864930221202200400_n.jpg

लखन थापा राष्ट्रले बिभूतिको रुपमा मान्नुपर्ने जिल्लाकै ऐतिहासिक व्यक्तित्व भएकाले उनको सम्मान स्वरुप सालिक निर्माण गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष अशोकबाबु राना मगरले बताए । ‘सालिकसँगै उनको संक्षिप्त जीवनी पनि त्यहाँ लेखिएको छ,’ उनले भने, ‘जिल्ला आउने पर्यटकहरुले उहाँको बारेमा थप ज्ञान प्राप्त गरुन् भन्ने उदेश्य पनि हो ।’

थापाको जन्म बि.सं. १८९१ मा शहिद लखन गाउँपालिका–७ काहुले भंगारमा भएको थियो । जहानियाँ राणा शासनको अन्त्यका लागी पहिलो पटक प्रजातन्त्र बहालीका लागि संगठित रुपमा बिद्रोहको अगुवाइ गरेका उनलाई जंगबहादुरको आदेशमा बि.सं १९३३ फागुन २ गते आफ्नै घर किल्लामा झुण्ड्याई मृत्युदण्ड दिइएको थियो । सोही ऐतिहासिक घटनाको सम्झना गर्दै उनको सम्मानमा सालिक निर्माण गरिएको नेपाल मगर संघ गोरखाले जनाएको छ । थापालाई २०७२ साल असोज ३ गते नेपाल सरकारले प्रथम सहिद समेत घोषणा गरिसकेको छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - २२:४०:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology