Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

वर्षाले डुम्रे-दमौली सडकखण्ड भाँसियो, सडक एकतर्फी संचालन

वर्षाले डुम्रे-दमौली सडकखण्ड भाँसियो, सडक एकतर्फी संचालन

images

इच्छाकामना न्युज

२३, श्रावण २०८०
वर्षाले डुम्रे-दमौली सडकखण्ड भाँसियो, सडक एकतर्फी संचालन
images

तनहुँ । अविरल परेको वर्षाको कारण मंगलबार दिउँसो सडक भासिएपछी डुम्रे-दमौली सडक खण्ड एकतर्फी भएको छ। पृथ्वीराजमार्गको व्यास नगरपालिका वडा नम्बर १२ को देउराली खण्डमा सडक भाँसिएको हो । निर्माणाधिन पृथ्विराजमार्ग सडक खण्डमा अबिरल बर्षाको कारण सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडक भासिदा एक तर्फी आगवन बन्द रहेको ट्राफिक प्रहरीले जनाएको छ । यस राजमार्ग भएर सन्चालन हुने सवारी साधनहरूले बैकल्पिक मार्ग प्रयोग गर्नु हुन जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक राजिव विष्टले अनुरोध गरेका छन् । उक्त सडक खुलाउने प्रयास भईरहेको विष्टले बताएका छन् । साथै निर्माणाधिन आँबुखैरनी–जामुने–कोत्रे सडक खण्डमा बर्षातको पानीको कारण ठाँउ ठाँउमा साना तथा ठुला पहिरो जाने, सडक भासिने र सवारी साधन फस्ने समस्या हुने हुँदा अत्यावश्यक काम बाहेक यस सडकको प्रयोग नगर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - १७:१०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology