Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनमा विश्व आदिवासी जनजाति दिवस : २५ वर्षपछि आफ्नै भवनमा कार्यक्रम 

चितवनमा विश्व आदिवासी जनजाति दिवस : २५ वर्षपछि आफ्नै भवनमा कार्यक्रम 

images

इच्छाकामना न्युज

२४, श्रावण २०८०
चितवनमा विश्व आदिवासी जनजाति दिवस : २५ वर्षपछि आफ्नै भवनमा कार्यक्रम 
images

भरतपुर । नेपाल आदिवासी जनजाति महासंघ चितवनले संस्था स्थापनाको २५ वर्षपछि आफ्नै भवनमा विश्व आदिवासी जनजाति दिवस मनाएको छ। कार्यक्रम गर्नको लागि आफ्नै हल नहुँदा यसअघिका सबै कार्यक्रम बाहिर गर्नुपर्ने बाध्यतामा थियो। तर, यसवर्ष भवन निर्माणले पूर्णता पाएपछि जनजाति महासंघले पहिलोपटक आफ्नै भवनमा दिवस मनाउन पाएको महासंघका चितवन जिल्ला अध्यक्ष महेन्द्र दुराले जानकारी दिए। 

संस्थासँग बजेट पनि नहुने र बाहिर गएर दिवस मनाउनु पर्दा धेरै खालका समस्याको सामना गर्नु पर्ने बाध्यता थियो। तर, अबदेखि जस्तोसुकै कार्यक्रम गरे पनि आफ्नै भवनमा गर्न सम्भव भएको उनले बताए। आफ्नै भवन र कार्यक्रम आयोजना गर्ने हल भएपछि जुनसुकै समुदायले जुनसुकै कार्यक्रम पनि यहीँ गर्न सकिने उनको भनाइ छ। 

365338377_330642322631841_8119274698459989140_n.jpg

उनका अनुसार चितवनका नेता मिलनबाबु श्रेष्ठमार्फत बागमती प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा २५ लाख रुपैयाँ रकम उपलब्ध गराएपछि वर्षौँदेखि अधुरो रहेको भवन निर्माणले पूर्णता पाएको थियो। फलस्वरुप बुधबार २९औँ विश्व आदिवासी जनजाति दिवस आफ्नै भवनमा मनाउन सफल भएको छ। 

सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका कांग्रेस नेता मिलनबाबु श्रेष्ठले आदिवासी जनजाति समुदायका लागि जति सक्दो सहयोग गर्ने बचन दिए। अझै काम गर्न बाँकी रहेकोले सरकारी निकायसँग आवश्यक समन्वय गरेर बजेटको व्यवस्थापन गर्दै जाने उनले बताए। 

365268951_6351503414942284_7764640190434622386_n.jpg

आदिवासी जनजाति समुदायसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मनाइएको दिवसमा गायक हरि योञ्जनले गायन कलामार्फत सांगीतिक मनोरञ्जन दिलाएका थिए। त्यसका साथै विभिन्न जातजातिले आफ्नो समुदायको जातीय पहिचान झल्किने पहिरनमा नृत्य प्रस्तुत गरेका थिए।

363843958_6351511831608109_391648193312279757_n.jpg

images
प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - २२:३०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology