Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भीम उपाध्यायलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै चितवनका गुरुङ समुदायले बुझाए प्रजिअलाई ज्ञापनपत्र

भीम उपाध्यायलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै चितवनका गुरुङ समुदायले बुझाए प्रजिअलाई ज्ञापनपत्र

इच्छाकामना न्युज

११, भाद्र २०८०
भीम उपाध्यायलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै चितवनका गुरुङ समुदायले बुझाए प्रजिअलाई ज्ञापनपत्र
images

भरतपुर । पूर्वसचिव भीम उपाध्यायलाई कारवाहीको दायरामा ल्याउन भन्दै चितवनका गुरूङ समुदायले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको ध्यानाकर्षण गराएका छन् । भरतपुर–१६, शरणपुरकी पूर्णिमाया गुरूङलाई सामाजिक सञ्जालमार्फत ‘गोरू खाने धराने’ भनेर प्रचार गरेपछि पूर्णिमायाको व्यक्तिगत चरित्र हत्या भएको भन्दै चितवनबाट तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् र तमू प्ये ल्हु संघले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।

images
images

ज्ञापनपत्रमा उक्त घटनामा दोषी भनिएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र फेसबुकमा कैलाली ठेगाना भएका सन्तोष रिजाल भन्ने व्यक्तिलाई छिटोभन्दा छिटो नियन्त्रण गरी कानुनी उपचारमा ध्यान दिन आग्रह गरिएको छ । सत्यतथ्य नबुझी व्यक्तिगत मानहानि हुने गरी सामाजिक सञ्जालबाट दुष्प्रचार गरेको हुँदा कानुनमा उल्लेख भएको बुँदाअनुसार हदैसम्मको कारवाही गर्न पूर्णिमायाले माग गरेकी छन् ।

370703319_264256239759492_1811684128300947843_n.jpg

चितवन प्रहरीमा उपाध्याय र रिजालविरूद्ध गत बिहीबार नै उजुरी परिसकेको छ । तर, यतिका समयसम्म पनि प्रहरीले नियन्त्रणमा नलिएपछि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन् ।

धरानमा गोरु खाएको विषयले सामाजिक सञ्जाल तताएपछि साढे दुई वर्षअघि पूर्णिमायाले टिकटकमा राखेको भिडियोलाई फोटो बनाएर सन्तोष रिजाल र भीम उपाध्यायले सामाजिक सञ्जालको दुरूपयोग गरेर निर्दोष व्यक्तिको चरित्र हत्या गरेको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरूङले बताए ।

भीम उपाध्यायले सामाजिक सञ्जालमा राखेको हप्ता दिनसम्म त्यो तस्बिरको वास्तविकता धरानको गोरुसँग जोडिएको विषय होइन भनेर पटकपटक आग्रह गर्दा पनि फेसबुकबाट उक्त पोष्ट नहटाएपछि बाध्य भएर प्रहरीमा जानु परेको पीडित पूर्णिमायाले बताएकी छन् ।

 

प्रहरीमा उजुरी दिएर चितवनका सञ्चारमाध्यममार्फत वास्तविकता बताएपछि भीम उपाध्यायले आफूलाई उक्त भिडियो हटाउन दबाब दिएको उनले बताइन् । सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोप लागेका भीम उपाध्यायले त्यसपछि बल्ल उक्त पोष्ट हटाएका छन् । र, दुईबीच कुरा मिलिसकेकोले कुनै प्रकारको विवाद नरहेको दाबी गरिरहेका छन् । तर, पूर्णिमायाले भने आफ्नो व्यक्तिगत चरित्रमाथि दाग लागिसकेको हुँदा कानुनी उपचारबाट पछि नहट्ने अडान लिँदै आएकी छन् । ‘नहुनु व्यइजत भइसक्यो, अब मेरो इज्जत फर्काउन सक्छ र,’ उनले भीम उपाध्यायलाई प्रश्न गरेकी छन्, ‘त्यसैले मलाई माफी माग्दैमा माफी पाइन्छ भन्ने गलत भ्रम नछरे हुन्छ । म कानुनी उपचारमा गइसकेँ । र, मैले माफी दिएकी पनि छैन ।’

ज्ञापनपत्र बुझाउनुपूर्व केन्द्रीय बस टर्मिनल अगाडिको चौरमा भेला भएका चितवनका गुरूङहरूले विरोध र्‍यालीको ब्यानरसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । कार्यक्रममा तमू ह्युल छोँज धीँ र तमू प्ये ल्हु संघको इकाइदेखि जिल्ला हुँदै केन्द्रसम्मका पदाधिकारी एवम् प्रतिनिधिहरूको उपस्थिति थियो । 

370824983_264256106426172_3402589543017594170_n.jpg

images
प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - १६:४२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology